गलत भ्रम फैलाएकोमा गाउँपालिकाको आपत्ती

शैलेन्द्र रोकाया

प्रकाशित मिति :

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिकाले केही दिनअघि गरेको कृषि अवलोकन भ्रमणबारे सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा गलत, तथ्यहिन समाचार प्रवाह गरिएको भन्दै गाउँपालिकाले आपत्ति जनाएको छ ।
खप्तडछान्ना गाउँपालिकाले शुक्रबार प्रेस बिज्ञप्ती जारी गर्दै स्थानीय जनप्रतिनिधीहरुको छवि धमिल्याउन केही ब्यक्ति तथा सञ्चार माध्यामहरुले पूर्वाग्रही ढंगबाट तथ्यहिन समाचार प्रवाह गरेको उल्लेख गर्दै उनिहरुमाथि कारबाहीको माग गरेको छ ।
खप्तडछान्ना गाउँसभाबाट पारित नीति तथा कार्यक्रम अनुसार गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाको नेतृत्वमा मंसिर १२ गतेदेखि २४ गतेसम्म कृषि भ्रमण गरिएको थियो ।
विज्ञप्तीमा गाउँपालिकाको कृषि, पर्यटन, उर्जा तथा विकास निर्माणको अवस्थाबारे नेपाल तथा भारतका केही स्थानको अवलोकन भ्रमण गरिएको उल्लेख छ ।
भ्रमण टोलीले नेपालको लुम्बिनी, कास्कीको लुम्लेस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, पोखराको फेवाताल, डेबिडफल र गुप्तेश्वर गुफा, काठमाडौंका ऐतिहासिक तथा पुरातत्विक क्षेत्र, भारतको सिक्किम गान्तोक र दार्जिलिङको चियाबासी, म्यूजियम, पार्क तथा बौद्ध गुम्बाहरुको अवलोकन गरेको थियो ।
त्यस्तै, ईलामको चियाबारी, चितवनको राष्ट्रिय गाई अनुसन्धान केन्द्र, धनगढीस्थित माछापालन अनुसन्धान केन्द्रको पनि अवलोकन गरेको थियो ।

    Comment Here!