बुडरमा डोटी उवासंघको उपशाखा

प्रकाशित मिति :

धनगढी । डोटी उद्योग बाणिज्य संघले जोरायल गाउँपालिकाको बुडरमा उपशाखा संचालन गरेको छ ।
शुक्रवार डोटी उद्योग बाणिज्य संघका अध्यक्ष मोहन कलेलले उपशाखाको उद्घाटन गरे । संघको बुडर शाखाबाट बुडर, जोरायल, गैरा, बिपीनगर, खेडेउली, बाघछेडा क्षेत्रका ब्यापारीहरुले सेवा पाउने छन् ।
स्थानीय व्यापारीहरुको मागका आधारमा उप–शाखा बिस्तार गरिएको डोटी उद्योग बाणिज्य संघका महासचिव दिपक खड्काले बताए । उनले भने, आवश्यकता र भौगोलिक विकटताका आधार उप–शाखा बिस्तार गर्दै लैजाने छौं ।
बुडरमा उप–शाखा संचालन गर्नु स्वागत योग्य कुरो भएको बिपीनगरका ब्यापारी प्रेम देउवाले बताए । उनले सानो कामका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता हटेको बताए । उनले भने, यसले काम गर्न सहज हुने छ ।

    Comment Here!