सडक नाटक प्रदर्शन

प्रकाशित मिति :

धनगढी । “छोरीलाई पढाउ, गरिबी हटाउ” नारासहित शुक्रबार धनगढीमा सडक नाटक प्रदर्शन गरिएको छ ।
सिर्जनशील यूवा समाज, धनगढीको आयोजना तथा मर्सिकोर र बेस कैलालीको सहयोगमा संचालित स्टेम परियोजना अन्तर्गत सो सडक नाटक प्रदर्शन गरिएको जनाइएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर ८ क्याम्पस चोकमा नाटक प्रदर्शन गरिएको थियो ।
सो अवसरमा धनगढी नमुना प्राविधिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणदत्त भट्टले अभिभावकहरुलाई छोरीहरुको शिक्षादिक्षा, स्वास्थ्य र व्यवहारिकताको विषयमा जानकारी गराउन सडक नाटक प्रभावकारी हुने चर्चा गरे ।

    Comment Here!