नेपाल तीब्र विकासको देश हुनसक्छ : प्रमओली

प्रकाशित मिति :

काठमाडौं । प्रधानमन्त्रत्री केपीशर्मा ओलीले नेपालतिव्र विकासको देश हुन सक्ने बताएका छन् ।
राष्ट्रिय योजनाआयोगले आजआयोजना गरेको नेपालको दीर्घकालीन सोच र १५ औं योजनाको तयारी बैठकलाई सम्बोधनगर्दै प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि अरु देशका अनुभव, सीप र प्रविधि सजिलै उपलब्ध हुने हुनाले तिनलाई सदुपयोग गरेर देश तीव्र विकासको गतिमा अघि बढ्न सक्ने बताए ।“हामी विश्वमा सबभन्दा छिटो विकास गर्ने देश हुनसक्छौं” प्रधानमन्त्री ओलीले भने, “किनभने हामीलाई विकासका कुनै नयाँ कुराहरू आविस्कार गरिहरनु पर्दैन । अरूले आविस्कार गरेका प्रविधिहरूलाई प्रयोग गरे पुग्छ ।”
प्रधानमन्त्री ओलीले १५ औं पञ्च वर्षीय योजना (२०७६÷०७७–२०८०÷०८१) देश विकासका लागि ‘टर्निङ प्वाइन्ट’ हुने बताए । “अघिल्ला योजनाका समीक्षाको निष्कर्षबाट यस योजनालाई आधुनिक, प्रविधि मैत्री र तीव्र गतिमा अघि बढ्न सक्ने व्यवहारिक योजना बनाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भने, “देश विकासका लागि यस योजनालाई ‘टर्निङ प्वाइन्ट’ बनाउनु पर्दछ ।”
स्वदेशमा रहेका फलामखानीको उत्खनन्, विद्युतीय उर्जाको उत्पादन र प्रयोग बढाउनुपर्ने र पेट्रोल, डिजेल जस्ता इन्धनको आयात घटाउनमा १५ औं योजनामा केन्द्रीत हुनुपर्ने माप्रधानमन्त्ती ओलीको जोड छ । “विद्युत, सौर्य र अन्य वैकल्पिक उर्जाको प्रयोगबाट पेट्रोल र डिजेलको खपत घटाउने हो भने देशको अर्थतन्त्रमा ठूलो भरथेग हुन्छ” प्रधानमन्त्री ओलीले भने, “जेट्रोफाबाट पनिइन्धनको आपूर्ति गर्न सकिन्छ । त्यसैले खेतका कान्लामा यो प्रजातिको बोट रोप्ने अभियान सञ्चालनगर्नु पर्दछ । ”
प्रधानमन्त्री ओलीले राष्ट्रको सार्वभौम सत्ता, लोकतान्त्रिक प्रणाली, सामाजिक न्याय, राष्ट्रिय एकता र शान्ति र सुरक्षामा कोही कसैसँग सम्झौता नुहने बताए ।

    Comment Here!