छोराद्वारा बुबा र ठूलोबुबाको हत्या

प्रकाशित मिति :

धनगढी । आज बिहान कैलालीमा छोराले आफ्नै बुबा र ठूलोबुवाको हत्या गरेका छन् ।
लम्कीचुहा नगरपालिका –४, बलियाका जहरीलाल चौधरीले घरमै बसिरहेका बुबा चक्र थारू र ठूलोबुबा पल्टु थारूको हत्या गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जहरीलालको कुटाईबाट उनकी आमा दिलबहादुरी घाइते भएकी छन् । उनको टाउको र बाँया कानमा चोट लागेको छ । उनको आमा स्थानीय लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ ।
घटनामा संलग्न जहरीलाललाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । स्थानीयका अनुसार जहरीलालको मानसिक सन्तुलन गुमाएका व्यक्ति हुन् ।
घटनास्थलमा रहेको प्रहरीले उनको कोठामा मदिरा भेटिएको र घटनाबारे जहरीलाललाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Comment Here!