विकासबाट पञ्छिन कुनै पनि बहाना छैन : मुख्यमन्त्री भट्ट (भिडियाे सहित)

प्रकाशित मिति :

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विकास गर्नबाट पञ्छिन कुनै पनि बहाना नरहेको बताएका छन् ।
पूर्व सांसद मञ्चले बिहिबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले अब कुनै पनि बहानामा विकास रोक्न नमिल्ने बताएका हुन् । उनले विकासका गतिमा जानुपर्ने जति अगाडि पुग्न नसकेको बताउदै रहेका जति सबै समस्यालाई पञ्छाएर अगाडि बढिसकेको बताए ।

उनले अबको दिनमा विकासको काम गर्नका लागि पूर्व सांसद्हरुको अनुभव भोगाई सहितको सल्लाह र माग शर्दन प्रदेश सरकारलाई आवश्यक पर्ने बताए । सबै समुदायलाई अधिकार सहितको विकासको मुलधारमा ल्याउन सबैको साझा एजेण्डा हुनुपर्ने उनले बताए । यसमा केही समस्याहरुको बताउदै मुख्यमन्त्री भट्टले यसलाई समाधान गर्ने प्रदेश सरकारको दायित्व रहेको बताए ।
उनले प्रदेशको प्राकृतिक स्रोत साधनको पहिचान गरी त्यसलाई संरक्षण सहितको परिचालन गरी विकास गर्ने मुख्य दायित्व रहेको बताएका छन् ।
भेलामा प्रदेशका स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख, प्रदेश तथा प्रतिनिधि सभाका सांसद, पूर्व सांसद् तथा पूर्वसभासद्हरुको सहभागिता थियो । कार्यक्रममा पूर्वमन्त्री तथा नेकपाका स्थायी समिति सदस्य लेखराज भट्ट र प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले समेत मन्तव्य व्यक्त गरेका थिए ।

    Comment Here!