सामुदायिक वनमा एक जना मृत फेला

प्रकाशित मिति :

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलवारी सि गाउँमा एक जना मृत फेला परेका छन् ।
फूलवारीको हरियाली सामुदायिक वनमा सी गाउँका राजमोहन चौधरी मृत अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।
मंगलवार साँझ गाउँ नजिकैको हरियाली सामुदायिक वनमा जंगली जनावरको शिकार खेल्न गएका राजमोहनको बुधबार बिहान कोसमाया ताल नजिकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरिक्षक हरिबहादुर वलीले जानकारी दिए ।
उनीसँगै शिकार खेल्न गएका हरि चौधरी बेपत्ता भएका छन । उनको खोजी कार्य भइरहेको निमित्त प्रमुख वलीले बताए । स्थानीयका अनुसार मंगलवार साँझ सो जंगलमा बन्दुक पड्किएको आवाज आएको थियो ।

    Comment Here!