थोक विक्रेतासँग भेटघाट कार्यक्रम

प्रकाशित मिति :

धनगढी । जय बागेश्वरी सिमेन्टस प्रालिले सोमबार धनगढीमा थोकबिक्रेतासँग भेटघाट कार्यक्रम गरेको छ ।
कम्पनीको उत्पादनको बजार प्रवद्र्धन गर्ने र गुणस्तरका बारेमा जानकारी दिने उद्देश्यले कैलालीमा रहेको थोक विक्रेता र निर्माण व्यवसायीसँग भेटघाट कार्यक्रम गरेको कम्पनीका मार्केटिङ म्यानेजर सुरज दाहालले बताए ।उनले पहिलो पटक कम्पनीले सुर्खेत, कञ्चनपुर र कैलालीमा यस्तो कार्यक्रम गरेको बताए । चचान गु्रपले पुर्वका लागि नारायणी र पश्चिमका लागि जयबागेश्वरी सिमेन्ट कम्पनीबाट सिमेन्ट उत्पादन गर्दै आएको जानकारी दिए । गु्रपले त्रिशक्ति प्रिमियम, त्रिशक्ति सुपर र वज्रशक्ति पिपिसि गरी तीन ब्राण्डका सिमेन्ट उत्पादन गर्दै आएको छ । उनका अनुसार जयबागेश्वरीले दैनिक २१ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । उनले कैलालीमा क्रिशक्ति सिमेन्टका एक सय ५० भन्दा बढी थोक विक्रेता रहेको जानकारी दिए ।उनले जग, पिलर, वीम र ढलान आदि लगायत, कंक्रिट कार्य, विशाल कंक्रिट, इट्टा तथा पत्थरको जोडाइ लगायतका लागि यो सिमेन्ट उपयुक्त रहेको बताए ।

    Comment Here!