औद्योगिक क्षेत्रको विकास आवश्यक : मन्त्री भट्ट

प्रकाशित मिति :

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले सुदूरपश्चिमका जनताको जीवनस्तर उठाउनका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको बताएकी छन् ।
बुधबार डडेल्धुरामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भट्टले जनतालाई रोजगारीसाग जोड्ने उद्देश्य सरकारले राखेको बताएकी हुन् । उनले जनताको जीवनस्तर उकास्न सरकारले गाउा–गाउामा साना उद्योग खोल्ने बताइन् । उनले ठूला मझौला घरेलु उद्योगहरू स्थापना गर्न सरकारले योजना बनाइरहेको बताइन् ।
उनले कामसाग जनतालाई जोड्ने उद्देश्यले गाउामा भटमास, जुसलगायतका उद्योगहरू सञ्चालन गर्ने बताइन् । सुदूरपश्चिम प्रदेशमा पर्यटनका धेरै नै सम्भावनाहरू रहेको उल्लेख गर्दै उनले यहााको पर्यटन विकासमा सरकार योजनाबद्ध ढंगले काम गरिहरेको बताइन् । अहिले छुट्याएको बजेटले धेरै काम नभए पनि सरकारलले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको उनले बताइन् ।
उनले शुरुमा यहााका पर्यटकीय क्षेत्रको आन्तरिक रूपमा प्रचार–प्रसार गर्नु पर्नेमा जोड दिइन् । यस क्षेत्रलाई सबैको आकर्षकको केन्ऽ विन्दू बनाउनका लागि पर्यटन मन्त्रालयबाट योजना बनाइरहेको उनले जनाइन् । अहिले औद्योगिक विकास र पर्यटनको विकास गर्नु जरुरी रहेको उनले बताइन् ।
यि कामले प्रदेशका नागरिकलाई अग्रस्थानमा पुर्‍याउनको उनको दाबी छ । उनले यसका लागि संघीय सरकार, प्रदेश र स्थानीय सरकारले पूर्वाधार तयार गर्नुपर्ने बताइन् ।

    Comment Here!