जुवाडी पक्राउ

प्रकाशित मिति :

धनगढी । कैलाली प्रहरीले धनगढीको छुट्टा–छुट्टै स्थानबाट २० जना जुवाडी पक्राउ गरेको छ ।
प्रहरीले धनगढी उपमहानगरपालीका वडा नम्बर ३ बाट नौ जना र वडा नम्बर १ बाट ११ जना गरि २० जना जुवाडी पक्राउ गरेको हो ।
प्रहरीले वडा नम्बर ३ को जुवा खालबाट एक लाख उन्नतिस हजार एक सय पैतिस र वडा नम्बर १ बाट एक लाख पैचालिस हजार सात सय दश गरी दुई लाख चौहतर हजार आठ सय पैतालिस रुपैया बरामद गरेको कैलाली प्रहरी प्रवक्ता हरिप्रसाद वलीले बताए ।
पक्राउ परेकालाई प्रहरीले हिरासतमा राखेको र उनीहरुमाथि जुवा कसुर अन्तर्गत कारबाहि गरिने प्रवक्ता वलीले बताए ।

    Comment Here!