चरेशसहित बृद्ध पक्राउ

प्रकाशित मिति :

बझाङ । बझाङको बित्थडचिर गाउँपालिका स्याडीमा एक बृद्ध लागूपदार्थ चरेशसहित पक्राउ परेका छन् ।
बझाङको छविस पाथीभेरा गाउँपालिका वडा नम्बर ३ का ७१ वर्षीय धनराज वोहरालाई प्रहरीले मंगलबार एक किलो चरेशसहित प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आइतबार बेलुका बझाङबाट धनगढीतर्फ जाँदै गरेको यात्रुबाहक बसलाई बित्थडचिर गाउँपालिकास्थित स्याडी प्रहरी चौकीमा चेकजाँच गर्ने क्रममा धनराजको झोलाबाट एक किलो चरेश फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक नैनसिंह साउँदका अनुसार सुराकीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

    Comment Here!