पत्रकारिताकाे विकासमा प्रतिबद्ध छु : मन्त्री शाह (भिडियाे सहित)

प्रकाशित मिति :

धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले सञ्चार क्षेत्रको विकासका लागि सञ्चार केन्द्र स्थापना लगायतको काममा सहयोग गर्ने बताएका छन् ।
नेपाल पत्रकार महासंघ कैलालीले मंगलबार आयोजना गरेको तिहार तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रममा मन्त्री शाहले प्रदेशस्तरीय सूचना आयोग गठन, प्रदेशस्तरीय सञ्चार नीति बनाउने लगायतको काममा प्रदेश सरकारले महासंघसंग समन्वय गर्ने बताए । प्रदेशमा सञ्चार नीति बनाउन, सञ्चार केन्द्र स्थापना गर्न, पत्रकारिता क्षेत्रको विकास कार्यक्रम गर्न नसकिएको स्वीकार्दै उनले अबका दिनमा महासंघ र अग्रज पत्रकारहरुको सहकार्यमा ति काम गर्ने बताए ।


पत्रकारिता पेशा शक्तिको सामु नझुकेर निरन्तर रुपमा न्याय र सुशासनका लागि अगाडि बढ्ने भएकाले पत्रकारहरु बारम्बार जोखीममा पर्ने गरेको बताए । उनले पत्रकारले सधै पत्रकारिताको माध्यममा दिपावली गरी समाजलाई उज्यालो दिएको बताए । उनले आउने दिनमा पत्रकारिता क्षेत्रमा पनि उज्यालो बनाउन जरुरी रहेको बताए । उनले आग्रह/पुर्वाग्रह विना निरन्तर पत्रकारहरुले आफ्नो आचारसंहितामा रही काम गरेमा पत्रकारिता क्षेत्र मजबुत हुने बताए ।
नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत साउादको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकारहरुले शुभकामना आदानप्रदान गर्नुका साथै पत्रकारका समस्या र चूनौतिको बारेमा मन्त्री शाहलाई जानकारी दिदै सञ्चार नीति तयार गर्न, प्रदेशस्तरीय सूचना आयोग गठन गर्न, प्रदेशमा श्रमजिवि पत्रकार ऐन बनाउन र पत्रकारहरुको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्न माग गरेका थिए ।

    Comment Here!