चौथो बर्दगोरिया सेती लोकमार्ग कप : हाइवे र घोडाघोडीबीच उपाधीका लागि भिड्दै

प्रकाशित मिति :

बौनिया । सडकपुर बौनियामा जारी चौथो बर्दगोरिया सेती लोकमार्ग कप फुटवल प्रतियोगिताको उपाधिका लागि हाइवे बालबाटिका र घोडाघोडी क्लवबीच भिडन्त हुने भएको छ ।
सोमबार भएको अन्तिम सेमिफाइनल खेलमा घोडाघोडी क्लवले एनएचबिएनएस राणा कम्प्लेक्सलाई हराउँदै फाइनलमा प्रवेश गर्‍यो । हाइवे यसअघि नै फाइनलमा प्रवेश गरिसकेको छ ।
सोमबारको खेलमा घोडाघोडीले राणा कम्लेक्सलाई सून्यका विरुद्ध चार गोल अन्तरले पराजित गर्‍यो । घोडाघोडीका लागि तीर्थ चौधरी, प्रणय अन्जाम र बादल पाख्रीन र सेजनले एकएक गोल गरेका थिए ।
कार्तिक ८ गतेबाट सुरु भएको प्रतियोगिताको आज (मंगलबार) समापन हुने छ । प्रतियोगितामा जिल्ला भित्रका विभिन्न १९ वटा टिमहरूको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले दुई लाख तथा उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
प्रतियोगिताको मुख्य प्रवद्र्धकमा बर्दगोरिया गाउँपालिका रहेको छ भने मुख्य प्रायोजक सरस्वती एग्रो इण्डष्ट्रिज रहेको छ ।

    Comment Here!