असिमलाई फार्मट्रयाक फुटसलको उपाधी

प्रकाशित मिति :

धनगढी । धनगढीमा भएको फार्मट्रयाक फुटसल प्रतियोगिताको उपाधी असिम सिंह ईन्टरप्राइजेजले जितेको छ ।
रोयल कोलाब्रोटिभ्सको आयोजनामा १७ गतेदेखि भएको प्रतियोगिता अन्तर्गत सोमबार भएको फाइनल खेलमा असिमसिंह इन्टरप्राइजेजले रातोपुल युवा क्लवलाई हराउँदै उपाधी जित्यो ।
असिमसिंह इन्टरप्राइजेजले पाँच गोल गरेको थियो भने रातोपुल युवा क्लवले चार गोल गरेको थियो ।
प्रतियोगिताको विजेता असिमसिंह इन्टरप्राइजेजले ४० हजार र उपविजेता रातोपुल युवा क्लवले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिता समापनका अवसरमा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले विजेता टिमलाई ट्रफी, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेका थिए ।
सो अवसरमा नगर प्रमुख वडले समाजमा रहेका विकृति विरुद्धको नियन्त्रणमा समेत खेलाडीको योगदानका लागि आग्रह गरे ।

    Comment Here!