सेन्ट्रल क्याफे सञ्चालनमा

प्रकाशित मिति :

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ५, हसनपुरमा सेन्ट्रल क्याफे सञ्चालनमा आएको छ । क्याफेको आइतबार एक कार्यक्रमबीच प्रदेश सभा सदस्य डिल्लीराज पन्तले उद्घाटन गरे ।
२३ लाख रुपैयाँको लागतमा सो क्याफे सञ्चालनमा ल्याइएको सञ्चालक गोकर्ण चौधरीले बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष अर्जुन शाह, पूर्व केन्द्रीय सदस्य प्रकाशविक्रम शाह, कैलालीका पूर्व अध्यक्ष भरत शाह, आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष रामलखन चौधरी, थारू पत्रकार संघका जिल्ला अध्यक्ष प्रेम चौधरी लगायतको उपस्थिति रहेको थियो ।
क्याफेको म्यानेजर सुरज चौधरी क्याफेमा विभिन्न परिकारसहित मिटिङ हलको व्यवस्था रहेको जानकारी दिए ।

    Comment Here!