चौथो बर्दगोरिया सेती लोकमार्ग कप फुटवल : हाईवे बालबाटिका फाइनलमा प्रवेश

प्रकाशित मिति :

बौनिया । हाइवे बालबाटिका बौनियामा जारी चौथो बर्दगोरिया सेती लोकमार्ग कप फुटवलको फाइनलमा प्रवेश गरेको छ ।
आज भएको पहिलो सेमिफाइनल खेलमा हाइवे बालबाटिकाले जिएचआर टीकापुरलाई सून्यका विरुद्ध दुई गोलअन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
खेलको पहिलो हापमा पाएको पेनाल्टीलाई भीष्म भाटले गोलमा परिणत गर्दै हाइवे बालबाटिकालाई १–० ले अग्रता दिलाए । खेलको दोस्रो हापमा हाइवे बालबाटिकाका सन्तोष थापामगरले एक गोल थप्दै टिमलाई २–० ले विजय दिलाए ।
प्रतियोगिता अन्तर्गतको अर्को सेमिफाइनल पर्सी (सोमबार) घोडाघोडी क्लव, सुखड र एचबिएनएस राणा कम्प्लेक्सबीच हुने खेल संयोजक पुष्प भण्डारीले जानकारी दिए ।
कार्तिक ८ गतेबाट शुरु भएको प्रतियोगिता भोलि (मंगलबार) समापन हुने छ । प्रतियोगितामा कैलालीका विभिन्न १९ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
सडकपुर बौनिया युवा क्लवको आयोजनामा भइरहेको प्रतियोगिताको मुख्य प्रवद्र्धकमा बर्दगोरिया गाउँपालिका रहेको छ । भने मुख्य प्रायोजक सरस्वती एग्रो इण्डष्ट्रिज रहेको छ ।

    Comment Here!