चौथो बर्दगोरिया सेती लोकमार्ग कप : व्यार्टरफाइनलका खेल सम्पन्न

प्रकाशित मिति :

बौनिया । बौनियामा जारी चौथो बर्दगोरिया सेती लोकमार्ग फुटबल प्रतियोगिता अन्तर्गत शनिबार क्वार्टरफाइनलका खेल पुरा भएका छन् ।
शनिबारको पहिलो क्वार्टरफाइनल खेलमा जिएचआर टीकापुरले सडकपुर बौनिया यूवा क्लव ‘ए’लाई एकका विरुद्ध सात गोल अन्तरले हरायो ।
जिएचआरका चेतन कठायतले चार गोल तथा भरत शाहले दुई र रोशन खत्रीले एक गोल गरे ।
शनिबार नै भएको अन्तिम क्वार्टरफाइनल खेलमा घोडाघोडी क्लवले पेनाल्टी सुटमा पिएफए अत्तरियालाई पराजित गर्‍यो ।
कात्तिक ८ गतेबाट सुरु भएको प्रतियोगिता अन्तर्गत आज ९आइतबार० पहिलो सेमिफाइनल खेल हुनेछ ।

    Comment Here!