किसानको वार्षिकोत्सव

प्रकाशित मिति :

लम्की । लम्कीस्थित किसान बहुउद्देशीय सहकारी संस्थाको शनिबार लम्कीमा २३ औं वार्षिककोत्सव भएको छ ।
वार्षिकोत्सवमा शनिबार रक्तदान कार्यक्रम भएको थियो । सो अवसरमा ६० पिन्ट रगत संकलन भएको थियो ।
वार्षिकोत्सव कार्यक्रमको प्रतिनिधि सभा सदस्य झपटबहादुर रावलले उद्घाटन गरे ।
कार्यक्रममा राष्ट्रिय सभा सदस्य कमला ओली, लम्कीचुहा नगरपालिका प्रमुख महादेव बजगाईं, लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम संस्थाका अध्यक्ष सुरेन्द्रकुमार शाहको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा संस्थाले गत आर्थिक वर्ष २०७४र०७५ मा सात करोड ३५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको जानकारी दिइयो । सो संस्थाका कैलालीमा २१ वटा शाखा सञ्चालनमा रहेको जनाइएको छ ।

    Comment Here!