चौथो बर्दगोरिया सेती लोकमार्ग कप फुटबल : हाइवेबाटिका र राणा कम्प्लेक्स सेमिफाइनलमा प्रवेश

प्रकाशित मिति :

बौनिया । बौनियामा जारी चौथो बर्दगोरिया सेती लोकमार्ग फुटबल प्रतियोगिताको शुक्रबार भएको क्वार्टरफाइनल खेलमा हाइवेबाटिका र राणा कम्प्लेक्स सेमिफाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबारको पहिलो क्वार्टरफाइनल खेलमा हाइवेबाटिकाले सडकपुर बौनिया युवा क्लव, बीलाई ४–० गोल अन्तरले हराएर सेमिफाइनलमा प्रवेश गर्‍यो ।
हाइवेबाटिकाका बिक्रमसिंह ठकुरिले दुई गोल गरे भने भीष्म भाट र दीपु थापाले एक/एक गोल गरेका थिए ।
त्यस्तै, अर्काे क्वार्टरफाइनल खेलमा एचबिएनएस राणा कम्पलेक्सले बौनिया इन्द्रेणी युवा क्लव, नौनियालाई सून्यका विजरुद्ध तीन गोलले पराजित गर्‍यो । राणा कम्प्लेक्सका चतुरमानले दुई तथा सहादामले एक गोल गरेका थिए ।

    Comment Here!