वडास्तरीय भलिबल प्रतियोगिता शुरु

प्रकाशित मिति :

धनगढी । तिहारका अवसरमा धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता शुक्रबार शुरु भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १३, कैलाली गाउमा रहेको कैलाली युवा क्लवको आयोजनामा सो प्रतियोगिता सञ्चालन भएको छ ।
प्रतियोगिताको सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्तले एक समारोहबीच उद्घाटन गरे । उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिका उपप्रमुख सुशिला मिश्र भट्टले पनि शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् ।
आयोजक क्लवका अध्यक्ष पुस्करराज पन्तका अनुसार प्रतियोगितामा छ टिमले भाग लिएका छन् । आज समापन हुने प्रतियोगिताको विजेताले १५ हजार तथा उपविजेताले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने उनले बताए ।

    Comment Here!