कविता : बिछोडको चिठ्ठी

  • मनीषा प्रसाईं
    बिर्तामोड, झापा।
    हाल इजरायल
प्रकाशित मिति :

जोगाउन खोज्दा खोज्दै
पट्ट फुट्यो सिसाको भााडो
कति सुन्दर थियो सजाउादा
चर्के पछि हुदोरहेछ घााडो
रहर नहुादा नहुादै बटुलेर
डस्टबिन्डमा राख्नु पर्यो

खै के भनौं र कसलाई दोषौं
सायद त्यस्तै लेखिएको थियो
पाना पल्टाउदै जाादा
आशा थियो अझै पल्टाउने
तिम्रो मेरो साझा किताव त
निकै सानो र छोटो कथाले
समेटिएर सजिएको रहेछ

जे होस् हाम्रो रमाइलो भेट
अनि त्यो खल्लो बिछोडले
मस्तिष्क र मुटुमा पटक पटक
घचघच्याउादै बिउझाउाछ
र भन्छ जीवन संघर्ष हो
जीत र हार नभए सम्म लड्नु पर्छ
नाइ नास्ती नभनी जंगार तर्दै
सके सम्म अगाडि बढ्नु पर्छ

खास के थियो र
मैले विल्डिङ्ग ठड्याउन खोजें
तिमीले लडाउन खोज्यौ
मैले बिरुवा रोप्न खोजें
तिमीले उखेल्न मात्र खोज्यौ
म रमाउाथें त्यो सानो संसारमा
तिमी रमाउाथ्यौ सफरमा सधैं

नतन्काउ त्यो डोरो भन्दा भन्दै
चुटायौ चटक्कै टुक्रा टुक्रा भयो
चुटिए पछि गाास्न खोज्यौ
न त तिम्रो सिपले साथ दियो
न तिम्रो हातमा अर्को थियो
केवल चुटिएको डोरीलाई
आक्रोसले अझै टुक्र्याउन बाहेक
के गर्न सक्यौ र जीवनमा

टुक्रिसकेको डोरोलाई दुखेन
दुखाइ त खपिसकेको थियो
जब तिमीले चुटाउन खोज्यौ
अब न त आगोले पोल्ने डर
न त कााडाले घोच्ने डर
न घाम पानीले सताउन नै सक्छ
टुक्रा टुक्रा भएर पनि
अन्तिम घडि सम्म नियाल्दै
तिम्रो यात्रा सफल रहेको
शुभ समाचार सुनिरहने मन छ।

 

    Comment Here!