Category: स्वास्थ्य/शिक्षा


चिकित्सकहरूका लागि मिडवाईफरी तालिम शुरु (भिडियोसहित)

धनगढी । नवजात शिशु र मातृमृत्यु दर घटाउनका लागि सुत्ेकरी सेवासम्बन्धी चिकित्सकहरूका लागि मिडवाईफरी तालिम धनगढीमा शुरु भएको छ । सफा सुनौलो नेपाल र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको संयुक्त आयोजना तथा ल्याटर डे स्यान्ट च्यारिटिजको प्राविधिक सहयोगमा शनिबार तीन दिने तालिम शुरु भएको हो । तालिममा जन्मिने वित्तिकै स्वासप्रवास गर्न नसकेर मृत्यु हुन सक्ने शिशु  … Read more

प्रदेशस्तरीय वार्षिक स्वास्थ्य समीक्षा शुरु : मन्त्रीले भने– स्वास्थ्य सेवाको क्षेत्रमा अझैं संघीयता आएन

धनगढी । सुदूरपश्चिम प्रदेशको गत आर्थिक वर्ष २०७४/२०७५ को प्रदेशस्तरीय वार्षिक स्वास्थ्य समीक्षा कार्यक्रम शुक्रबारदेखि धनगढीमा शुरु भएको छ । समीक्षा बैठकको प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले उद्घाटन गरे । सो अवसरमा सामाजिक विकास मन्त्री सोडारीले प्रदेशका आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पुर्‍याउन प्रदेश सरकार गम्भीर रहेको बताए । उनले भने– “सुदूरपश्चिम प्रदेशमा  … Read more

खास फार्मेसी सञ्चालन हुँदै

धनगढी । विदेशमा सिकेको ज्ञान, सीप, प्रविधि र अनुभव प्रयोग गरी धनगढीको चटकपुरमा एक समूहले खास फार्मेसी सञ्चालन गर्ने भएको छ । विदेश गई स्वास्थ्य विषयमा स्नातक, स्नातकोत्तर, विद्यावारिधि गरेका र औषधि विज्ञानका साथै अन्य स्वास्थ्य सेवासँग सम्बन्धित विषय तथा शिक्षा क्षेत्रमा ज्ञान, सीप र अनुभव हासिल गरेका विज्ञहरूको सामुहिक प्रयासमा सो फार्मेसी खोल्न लागिएको  … Read more

आउँदो मंसिरबाट पालिकास्तरीय स्वास्थ्य समीक्षा गरिने

धनगढी । कैलाली र कञ्चनपुर जिल्लाका २२ वटा पालिका लक्षित जिल्लास्तरीय स्वास्थ्य समीक्षा बैठकले पालिकास्तरीय समीक्षा गर्ने निष्कर्ष समिति सकिएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको दुई दिने समीक्षा बैठकमा कैलाली र कञ्चनपुरका २२ वटै पालिकाको स्वास्थ्य समीक्षा गर्ने छलफल भएको छ । स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले  … Read more

स्वास्थ्य क्षेत्रमा भएका गतिविधिको समीक्षा गर्नुपर्छ : मन्त्री सोडारी

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले स्वास्थ्य क्षेत्रमा भएका गतिविधिको निर्ममतापूर्वक समीक्षा गर्नुपर्ने बर्ताका छन् । कैलाली र कञ्चनपुर जिल्लाका २२ वटा पालिका लक्षित आज धनगढीमा आयोजित समीक्षा कार्यक्रममा मन्त्री सोडारीले निर्ममतापूर्वक समीक्षा गर्दा आगामी योजना बनाउन र भावी लक्ष्य प्राप्त गर्न सहज हुने बताए । उनले काम योजनाका लागि बजेटको अभाव नहुने  … Read more

राष्ट्रिय कण्डम दिवस मनाइयो

धनगढी । विभिन्न कार्यक्रमसहित शनिबार कैलालीसहित देशभरी २४ औं राष्ट्रिय कण्डम दिवस मनाईएको छ । दिवसका अवसरमा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, कैलाली स्वास्थ्य कार्यालयको आयोजना र एएचएफ नेपालसहित विभिन्न संघसंस्थाको सहयोगमा धनगढीको त्रिनगर सीमानाकाबाट आवतजावत गर्ने व्यक्तिको रगत परीक्षण गरिएको थियो । एएचएफ नेपालका माधव पन्तका अनुसार शनिबार सीमामा आवतजावत गर्ने एक सय २० जनाको  … Read more

सात जनामा डेंगु देखियो

कञ्चनपुर । कञ्चनपुरमा सात जना बिरामीमा डेंगु भएको प्रमाणित भएको छ । शंकास्पद ५२ जना बिरामीको महाकाली अञ्चल अस्पतालमा रगत परीक्षण गर्दा सात जनामा डेंगुको भएको पाइएको हो । अस्पतालमा रगत परीक्षण गरिएका तीन जनामा आइजिएम र चार जनामा एनएस एक नामक डेंगुका जीवाणु फेला परेको महाकाली अञ्चल अस्पतालका ल्याव टेक्निसियन महेशदत्त जोशीले बताए ।  … Read more

सीमानाकामा हेल्थ डेस्क : औंलोका एक बिरामी फेला परे

धनगढी । भारतबाट नेपालमा भित्रिन सक्ने औंलो नियन्त्रण गर्ने उद्देश्यले कैलालीको तीन ठाउँमा स्थापित ‘हेल्थ डेस्क’ बाट एक जना औंलोको बिरामी फेला परेका छन् । भारतका विभिन्न शहरमा रोजगारी वा अन्य काम गरेर घर फर्किएका नेपालीहरूमध्ये चार सय २२ जनाको हेल्थ डेस्कमा रगत परिक्षण गरिएकोमा एक जनामा औंलोरोग फेला परेको कैलाली जिल्ला जनस्वास्थ्य कार्यालय, धनगढीले  … Read more

डोकोमा साग, आँखामा पढाईको सपना

लम्की । उनी हरेक बिहान डोकोभरी हरियो साग बोकेर बलिया बजारतर्फ गइरहेको भेटिन्छन् । हिउदे सागपातको मौसममा बिहान सबेरै उठेर बारीमा गएर तोरीको साग टिप्नु र डोकोमा बोकेर घरबाट डेढ घन्टाको दूरीमा रहेको बलिया बजारमा लगेर बेच्नु उनको अहिलेको दैनिकी बनेको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर ६, बावनपुरकी १३ वर्षीया चम्फा बिसी दशैंको बिदा भएदेखि दैनिक  … Read more

सुधारिएको चुलोको प्रयोगपछि सहज बन्दै दिनचर्या

धनगढी । कैलारी गाउँपालिका वडा नम्बर ५, छुट्कीपलियाकी जानकी चौधरीको चार वर्षदेखि आँखा पाक्ने समस्या कम भएको छ । चार वर्षअघिसम्म बिहानबेलुका खाना पकाउने वेला सास फुल्ने, खोकी लाग्ने समस्याले हैरान हुने गरेकी जानकीले अहिले यी समस्याबाट पनि छुट्कारा पाएकी छिन् । घरमा सुधारिएको चुलोको प्रयोग हुन थालेपछि उनको स्वास्थ्यमा मात्रै सुधार आएको छैन, दाउरा  … Read more