Category: स्वास्थ्य/शिक्षा


विद्यालय सुधार योजना सम्बन्धी अभिमुखीकरण

धनगढी । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर ९, बंगराकटानस्थित सरस्वती आधारभूत विद्यालयमा सहभागितामूलक विद्यालय सुधार योजना सम्बन्धी अभिमुखीकरण भएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमको न्यूनतम मापदण्ड निर्धारण गर्न, विद्यालय व्यवस्थापन समिति तथा अभिभावक शिक्षक संघलाई वार्षिक विद्यालय सुधार योजना निर्माण गर्न र प्रारम्भिक कक्षा पढाइसम्बन्धी गतिविधि समावेश  … Read more

कञ्चनपुरमा ९ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुँदै

कञ्चनपुर । भीमदत्त नगरपालिकाका दुई वडाका २ हजार ५ सय बासिन्दालाई शुद्ध पेयजल उपलब्ध गराउनका लागि खानेपानी आयोजना निर्माण कार्य सुरु गरिएको छ। नगरपालिका–२ र ५ का बासिन्दाका लागि उल्टाखामस्थित महोलियामा ९ करोड ४० लाखको लागतमा खानेपानी आयोजना निर्माण कार्य सुरु गरिएको हो। नेपाल खानेपानी संस्थानले बनाउन लागेको यो आयोजनाबाट नगरपालिका–२ का १ हजार २  … Read more

स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ गठन

धनगढी । प्रदेश ७ को स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघको अध्यक्षमा कृष्णदत्त पन्त चयन भएका छन् । संघको मंगलबार बसेको बैठकले पन्तको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति गठन गरेको जनाइएको छ । समितिको उपाध्यक्षमा केशवराज जोशी, सचिवमा रमेशराज भण्डारी, सहसचिवमा देवराज पनेरू र कोषाध्यक्षमा जानकी पराजुली मिश्र रहेका छन् । भने सदस्यमा पदमराज पन्त चयन  … Read more

आँखा शिविर सम्पन्न

धनगढी । कैलारी गाँउपालिकाको गदरियामा संचालित आँखा शिविरमा छ सय ५५ जनाको आँखा परिक्षण गरिएको छ । जनता माविमा शनिबार आयोजित शिविरमा एक सय ६४ जनाको आँखा अप्रेशन गर्नुपर्ने भेटिएको गेटा आँखा अस्पतालका वाह्य कार्यक्रम व्यवस्थापक रमेशचन्द्र भट्टले जनाए । ति मध्ये एक सय ४९ जनालाई मोतिविन्दुको अप्रेशन गर्नुपर्ने भएको बताए । उनले अप्रेशन गर्नुपर्ने  … Read more

संघीय स्वास्थ्य मन्त्रालयको निर्णयले प्रदेशबाट अस्वीकार

धनगढी । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही दिनअघि गरेको स्वास्थ्यकर्मीहरूको सरुवा सात नम्बर प्रदेश सरकारले अस्वीकार गरेको छ । स्वास्थ्य सेवाको समेत जिम्मेवारी लिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले संघीय स्वास्थ्य मन्त्रालयले स्थानीय जटिलताई नहेरी स्वास्थ्यकर्मीहरूको सरुवा गरेकाले प्रदेश ७ बाट कसैलाई सरुवाको रमानापत्र दिन नसकिने जनाएको छ । प्रदेश सामाजिक विकास मन्त्रालयका निर्देशक  … Read more

पाथीभरा आयुर्वेद अत्तरियामा पनि

धनगढी । काठमाडौंको सिनामंगलमा रहेको पाथीभरा आयुर्वेदिक अस्पतालको शाखा अत्तरियामा पनि खुलेको छ । अस्पतालको फार्मेसीको रूपमा अत्तरियामा शाखा खुलेको हो । प्रायः सबै प्रकारका बिरामलाई आयुर्वेदिक औषधिको माध्यामबाट निको पारिरहेको दावी गर्दै आएको सो अस्पतालको शाखा सोमबारबाट अत्तरियामा खुलेको हो । सो शाखमा आउने बिरामीलाई नियमितरूपमा उपचार चेकजाँच गर्न नेपालमै प्रसिद्ध आयुर्वेद चिकित्सक विपी  … Read more

चिकित्सक संघको आन्दोलन : आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प

धनगढी । नेपाल चिकित्सक संघको आन्दोलनका कारण आइतबार कैलाली सहित प्रदेश ७ भरीका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प भएको छ । संघले भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) मा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूसँग सम्बन्धित व्यवस्था खारेजीको माग गर्दै सबै स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प गरेको हो । चिकित्सक संघले आइतबार आकस्मिक  … Read more

मद्यपानको सुरक्षित मात्रा हुन्न : अध्ययन

काठमाडौँ । मद्यपान थोरथोरै दिनहुँ गर्दा स्वास्थ्यलाई हानि गर्नुको साटो फाइदै गर्छ भन्ने सुन्दै आउनुभएको होला तपाईंले । हुन पनि सामान्य अवस्थाका महिलापुरुषले नियमित रूपमा एकाध पेग लगाउँदा शरीरले ऊर्जा पाउँछ भनिँदै आएको थियो । तर, पछिल्लो अध्ययनले मद्यपानका फाइदासम्बन्धी पहिलेका यावत् दाबी झूटो रहेको ठोकुवा गरेको छ । त्यसअनुसार मद्यपानको कुनै सुरक्षित मात्रा हुँदैन । सन् २०१६ मा  … Read more

औंलो खोजपड्ताल तथा रक्त नमुना परीक्षण

धनगढी । धनगढीमा सोमबार औंलो खोजपड्ताल तथा रक्त नमुना परीक्षण कार्यक्रम भएको छ । मेडिकल ल्याब्रोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) को आयोजना तथा जिल्ला जनस्वास्थ्य कार्यालय र सेभ द चिल्ड्रनको सहयोगमा कार्यक्रम भएको थियो । जिल्लाबाट औंला निर्मुल गर्ने लक्ष्यका साथ रक्त नमुना परीक्षण कार्यक्रम गरिएको जनाइएको छ । मेलान कैलालीका कोषाध्यक्ष महेन्द्र साउँदले जिल्लामा  … Read more

जडिबुटी दिवसमा औषधिका विरुवा रोपिए

धनगढी । जडिबुटी दिवसका अवसरमा शनिबार धनगढी, टीकापुर लगायत विभिन्न ठाउँमा बहुमूल्य तथा लाभकारी औषधिका विरुवा रोपिएका छन् । धनगढीमा भएको एक कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय परिसरमा गुर्जो र एलोबेराका विरुवा रोपियो । मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले गुर्जो र एलोबेराका विरुवा रोपेका थिए । सो अवसरमा आचार्य शिरोमणि बालकृष्णजी  … Read more