Category: स्वास्थ्य/शिक्षा


अस्पतालका क्यान्टिन नै दुर्गन्धित

धनगढी । बिरामीलाई उपचार गर्ने अस्पतालका क्यान्टिन नै दुर्गन्धित छन् । उपचार गर्न अस्पताल पुगेका बिरामीहरु नै अस्वस्थ्य खानेकुरा खान बाध्य भइरहेको पाइएको छ । आइतबार धनगढीका अस्पतालमा रहेका क्यान्टिनमा गरिएको अनुगमनका क्रममा खाना पकाउने स्थल नै अस्वस्थ रहेको पाइएको थियो । संयुक्त बजार अनुगमन टोलीले गरेको नियमित बजार अनुगमनले अस्पतालका क्यान्टिन अव्यवस्थित रहेको टोलिका संयोजक तथा क्षेत्रीय  … Read more

निःशुल्क दन्त शिविर

बौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनियास्थित आदर्श सामुदायिक विद्या मन्दिरमा शुक्रबार निःशुल्क दन्त शिविर भएको छ ।आदर्श सामुदायिक विद्या मन्दिरको आयोजना तथा मालिका डेन्टलको प्राविधिक सहयोगमा सो शिविर भएको जनाइएको छ । शिविरमा कोहलपुर मेडिकल कलेजका प्रोफेसर डाक्टर डवल धामी र मालिका डेन्टलका डेन्टिस केशव शाहीले उपचार सेवा प्रदान गरेका थिए ।  … Read more

अभिभावक शिक्षक सम्मेलन

धनगढी । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत भवानी माविमा शुक्रबार अभिभावक शिक्षक सम्मेलन भएको छ । राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम अन्तर्गत भएको सो कार्यक्रम अभिभावकलाई घरमा पढाइ वातावरण प्रवद्र्धन गर्न र नियमित विद्यालय भ्रमण गरी आप्mना बालबालिकाको सिकाई उपलब्धी जानकारी हासिल गर्न शिक्षकले विद्यार्थी केन्द्रित शिक्षण सिकाई प्रवद्र्धन गर्ने संस्कृति विकासका लागि सान्दर्भिक  … Read more

हरेक व्यक्तिलाई योगाभ्यास गर्न प्रेरणा दिनु आवश्यक– मन्त्री सुवेदी

धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले हरेक मान्छेलाई योगाभ्यास गर्न प्रेरणा दिनुपर्ने बताएका छन् । “सामान्य टाउको वा पेट दुख्यो भने पनि मान्छेले औषधि सेवन गर्ने गर्दछन्” बिहीबार सामाजिक विकास मन्त्रालयको आयोजनामा धनगढीमा सञ्चालन भएको आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योग सम्बन्धी तालिम प्याकेज तथा सञ्चालन कार्यक्रमको समापनमा सामाजिक विकास मन्त्री सुवेदीले भने– “यी सामान्य  … Read more

पतञ्जली योग साधना केन्द्र विस्तार

टीकापुर । कैलालीको टीकापुरमा पतञ्जली योग साधना केन्द्र विस्तार गरिएको छ । पतञ्जली योग नगर समिति टीकापुरका योग प्रशिक्षकहरूले नियमित रूपमा प्रशिक्षण दिने गरी योग साधना केन्द्र विस्तार गरिएको पतञ्जली योग नगर समिति टीकापुरका महामन्त्रि छबिलाल जैशीले बताए । टीकापुर नगरपालिका वडा नम्बर १ व्लक नम्बर ३३ मा कैलाली होटल व्यावसायी संघले निर्माण गरिरहेको पर्यटन  … Read more

बर्थिङ सेन्टर भवन बनेपछि सुत्केरी सेवा सहज बन्दै

लम्की । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा रहेको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर भवन निर्माण भएको छ । पाँच वर्षदेखि स्वास्थ्य चौकीमा बर्थिङ सेन्टरको स्थापना गरिए पनि एउटै कोठाबाट सुत्केरीलाई सेवा दिन कठिनाई भइरहेको थियो । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग, सेवक नेपालको कार्यान्वयन र बर्दगोरिया गाउँपालिकाको समन्वयमा बर्थिङ सेन्टरका लागि चार कोठे पक्की  … Read more

जटिल अवस्थामा पुगेकी सुत्केरीको उद्दार

धनगढी । बाजुरामा सुत्केरी व्यथाले छट्पटाइरहेकी १९ वर्षीया गर्भवतीलाई आइतबार बिहान हेलिकोप्टरबाट उद्दार गरिएको छ । सुत्केरी व्यथा लागेर चार दिनअघि स्वास्थ्यचौकीमा भर्ना भएकी छेडेदह गाउँपालिका वडा नम्बर १ जारिमतोलाकाँडा की रामकला नेपालीलाई आइतबार उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको जनाइएको छ । सुत्केरी व्यथा लागेर चार दिनसम्म स्वास्थ्य चौकीमा छट्पटाइरहेकी रामकलाको अवस्था जटिल देखिएपछि स्वास्थ्यकर्मीहरूले  … Read more

मोतीबिन्दुका तीन सय बढी बिरामीको नि:शुल्क शल्यक्रिया

धनगढी । गेटा आँखा अस्पतालले भजनीका मोतीबिन्दुका तीन सय बढी बिरामीहरूको नि:शुल्क शल्यक्रिया गरेको छ । नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पतालको आयोजना तथा फ्रेड हलोज फाउन्डेशनको सहयोगमा गत मंसिर २६ गतेदेखि २९ गतेसम्म भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित बृहत् आँखा शिविरमा तीन सय ५६ जनाको नि:शुल्क शल्यक्रिया गरिएको जनाइएको छ । नेत्रज्योति संघका अनुसार  … Read more

अञ्चल अस्पतालको सेवा प्रभावकारी भएन– मानवअधिकार आयोग

धनगढी । राष्ट्रिय मानवअधिकार आयोगले धनगढीस्थित सेती अञ्चल अस्पतालको सेवा प्रवाह प्रभावकारी नभएको निष्कर्ष निकालेको छ । राष्ट्रिय मानवअधिकार आयोग, प्रदेश कार्यालय धनगढी तथा अनौपचारिक क्षेत्र सेवाकेन्द्र (इन्सेक) ले बुधबार संयुक्त रूपमा गरेको अनुगमनपछि प्रदेशको एक मात्र रिफरल अञ्चल अस्पतालको सेवा प्रवाह सन्तोषजनक नरहेको ठहर गरेको छ । सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयको तथ्यांकमा समेत सेती  … Read more

सेनेटरी प्याड वितरण

जोशीपुर । कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर १ स्थित महोन्याल माध्यमिक विद्यालयका किशोरीहरूका लागि सोमबार सेनेटरी प्याड वितरण गरिएको छ । जोशीपुर गाउँपालिकाका उपाध्यक्ष गीता कठरियाले एक संक्षिप्त कार्यक्रमबीच विद्यालयका प्रधानाध्यापक देवेन्द्रप्रसाद शाहलाई चार सय थान सेनेटरी प्याड हस्तान्तरण गरे । जोशीपुर स्वास्थ्य शाखाको आयोजनामा २० हजार रुपैयाँ मूल्य बराबरका सेनेटरी प्याड विद्यालयलाई हस्तान्तरण गरिएको  … Read more