Category: पर्यटन


कैलाली भ्रमण वर्षको २०७५ : तयारी अन्तिम चरणमा

धनगढी । आगामी २२ गते कैलालीको कर्णाली चिसापानीबाट आरम्भ हुने कैलाली भ्रमण वर्षको तयारी अन्तिम चरणमा पुगेको छ । कैलाली भ्रमण वर्ष, २०७५ को प्रधानमन्त्री केपी शर्मा ओलीले एक विशेष समारोहबीच आगामी २२ गते कर्णाली चिसापानीमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कैलाली भ्रमण वर्ष, २०७५ बारे शनिबार लम्कीचुहा नगरपालिकाले लम्कीमा आयोजना गरेको पत्रकार सम्मेलनमा  … Read more

कर्णालीमा र्‍याफ्टिङमा रमाउनेहरू बढे

टीकापुर । कैलाली पर्यटकीय क्षेत्रका रूपमा विकास हुन थालेको छ । कैलाली जिल्लामा आउनेहरू चिसापानी घुमघामसँगै कर्णाली नदीमा चिसापानीदेखि टीकापुरसम्म र्‍याफ्टिङ यात्रा र टीकापुर पार्कमा घुम्न आउनेको संख्यामा बृद्धि आएको छ । विभिन्न संघसंस्थाले समेत कर्णाली नदीमा र्‍याफ्टिङ गराउने गरेका छन् । पछिल्लो पटक सोमबार सुरक्षित आप्रवासन परियोजनाले आफ्ना कर्मचारीहरू र पत्रकारहरूलाई कर्णालीको चिसापानीदेखी टीकापुर  … Read more

पर्यटकीय स्थल आलिताल ओझेलमा

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले प्रदेश नम्बर ७ को प्रचूर सम्भावना बोकेको आलिताल संरक्षण र संवद्र्धन गर्न नसक्दा ओझेलमा परेको छ । डडेल्धुुराको भित्री मधेस आलिताल गाउँपालिका वडा नम्बर ३ मा रहेको आलिताल सम्बन्धित निकायले तालको संरक्षण र सम्वर्धन गर्नमा ध्यान नदिँदा ओझेलमा परेको छ । आलिताल समुद्री सतहबाट आठ सय मिटर उचाइमा महाभारत पहाडी श्रृंखलाको  … Read more

भादा महोत्सव शुरु

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१६ मा आजदेखि थारू होमस्टे गाउँ भादा महोत्सव–२०७४ शुरु भएको छ । महोत्सव थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिको आयोजनामा भइरहेको छ । ‘संरक्षण सम्वद्र्धनके लाग सक्कु जाने करी काम, संस्कृति भेषभुषा राखी हमार पहिचान’ भन्ने नाराका साथ शुरु भएको महोत्सवको उद्घाटन धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले गरे  … Read more

सुदूरपश्चिम महोत्सव उद्घाटन

धनगढी । कैलालीको धनगढीमा सञ्चालन हुर्दै आएको सुदूरपश्चिम महोत्सव २०७४ बाह्रौ संस्करण शुक्रबारदेखि शुरु भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा भएको महोत्सवको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का सांसद नारदमुनी रानाले उद्घाटन गरे । विगतका वर्षझै कैलाली उद्योग वाणिज्य संघले यस पटक राज्यसँग १६ वटा मागको प्रतिक स्वरूप प्रमुख अतिथिलाई १६ किलोको माला  … Read more

मंसिर २ गते शनिबार @ टीकापुर पार्क (फोटो फिचर)

टीकापुर । मंसिर २ गते शनिबार टीकापुर पार्कमा आन्तरिक तथा वाह्य पर्यटकको घुइचो लागेको छ । शनिबार एकै दिन कैलाली, बर्दिया, बाके, सुर्खेत दाङ लगायतका स्थानबाट हजारौं पर्यटक भ्रमण तथा बनभोजका लागि टीकापुर पुगेका छन् । शनिबार प्रवेश शुल्क मात्रै एक लाख ५६ हजार रुपैया उठेको पार्कका इञ्चार्ज अर्जुन कुवरले बताए । पार्क प्रवेश गर्दा  … Read more

उग्रतारा मेलाको तयारी तीब्र

डडेल्धुरा । यस वर्षको उग्रतारा मेला (देहिजात) कार्तिक शुक्ल पक्ष पूर्णिमाका दिन १७ गते हुने भएको छ । शक्तिपीठका रूपमा रहेको उग्रतारा मन्दिरमा बर्सेनि लाग्ने मेलाबो बुधवार उग्रतारा क्षेत्र विकास समिति, मन्दिरका पुजारी, पण्डा, धामी, लौडिया, पगडिया, कारबारी तथा सरोकारवालाहरूसंगको छलफलपछि मेलाको दिन निश्चित गरिएको मुल समिति अध्यक्ष तेजबहादुर साकीले जानकारी दिए । मेला व्यवस्थापनका  … Read more

कोइलाहा तालमा पर्यटकहरूको घुइचो (फाेटाे फिचर)

धनगढी । कैलालीको कैलारी गाउँपालिका ९ मा रहेको कोइलाहा ताल व्यवस्थित भएको छोटो समयमै आन्तरिक पर्यटकहरूको घुइचो लाग्ने गरेको छ । नेपाली सेनाको नम्बर २ राष्ट्रिय विकास गण बडैपुरले दुई दर्जन बढी भौतिक संरचना निर्माणगरी स्थानीयलाई हस्तान्तरण गरेको तीन महिना नबित्दै सो क्षेत्र अवलोकनका लागि स्थानीय तथा वाह्य पर्यटकहरूको घुइचो लाग्ने गरेको छ । कोइलाहा  … Read more

प्रथम रोटी मेला आयोजना हुँदै

धनगढी । तिहारको अवसरमा धनगढीमा भोली (मंगलबार) प्रथम रोटी मेला २०७४ आयोजना हुँदैछ । यस्तो मेला नेपालमै पहिलो पटक आयोजना हुन लागेको आयोजकको दाबी छ । टीकापुर पर्यटन समितिको आयोजनामा मंगलबार बिहान ११ बजेदेखि धनगढीस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा मेला सञ्चालन हुने जनाइएको छ । समितिका अध्यक्ष थर्कबहादुर शाहका अनुसार रोटी मेलामा दुई दर्जन बढी  … Read more

सुर्मादेवी मेला शुरु

बझाङ । बझाङको चैनपुरमा ऐतिहासिक रूपमा लाग्ने गरेको प्रशिद्ध सुर्मादेवी मेला बिहीबारदेखि धुमधामसंग शुरु भएको छ । बझाङमा हरेक वर्ष वडादशैंको कोजाग्रत पूर्णिमाका दिनदेखि तीन दिनसम्म सुर्मादेवी मन्दिरमा मेला लाग्ने गरेको छ । सुर्मादेवीको पूजाआजा आराधना सहित मनाइने मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम, मौलिक देउडाका साथै विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना हुने गरेका छन् । मेला  … Read more