Category: पर्यटन


लम्कीमा सांगीतिक महोत्सव हुँदै

लम्की । लम्कीमा सञ्चालित सामुदायिक रेडियो पश्चिम आवाजको आयोजनामा लम्की सांगीतिक महोत्सव २०७५ हुने भएको छ । ‘स्वाथ्य, शिक्षा, सूचना विकासको अभियान, कृषि, संस्कृति र पर्यटन हाम्रो पहिचान’ भन्ने नाराका साथ मंसिर १३ गतेदेखि २२ गतेसम्म लम्की सांगीतिक महोत्सव आयोजना गरिने सोमबार लम्कीमा पत्रकार सम्मेलन गरी जानकारी दिइयो । सामुदायिक रेडियो पश्चिम आवाजका अध्यक्ष तथा  … Read more

सुर्मामा महोत्सव सञ्चालन

बझाङ । सुर्मा गाउँपालिकामा पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव सञ्चालन गरिएको छ । सुर्मा गाउँपालिकामा रहेका सुर्मा सरोबर ताल, तातोपानी तथा धार्मिक मेला विरीजात सहितका पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सब संचालन गरिएको स्थानीय दिनेशबहादुर बोहराले बताए । युनिक मोशन युवा समाजको आयोजनामा मंगलबारदेखि महोत्सव भइरहेको छ । महोत्सवमा दोहोरी गायिका राधिका हमाल, गायक मनिष खड्का,  … Read more

सफल भएन साइपाल आरोहण (भिडियोसहित)

बझाङ । पहिलो पटक गरिएको साइपाल आरोहण प्रयास असफल भएको छ । बझाङ जिल्लामा रहेको सात हजार ३१ मिटर अग्लो साइपाल हिमाल आरोहण गर्न २५ दिनअघि गएको अमेरिकी र क्यानेडियन आरोहीहरूको टोली चुचुरोमा पुग्न नसकेर फर्किएको छ । पहिलो पटक साइपाल आरोहणको प्रयास भएको थियो । अमेरिकी नागरिक फोरेस्ट सी कोट्सको नेतृत्वमा रहेको आरोहीहरूको टोली  … Read more

साइपाल हिमाल आरोहण शुरु (फाेटाे फिचर र भिडियाे सहित)

धनगढी । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा रहेको साइपाल हिमाल श्रृखला आरोहण शुरु भएको छ । विभिन्न मुलुकबाट साइपाल आरोहणमा जान बिहीबार धनगढी आइपुगेको टोलीलाई प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले नेपाली झण्डा दिएर विदाइ गरेकी छन । सो अवसरमा बोल्दै मन्त्री भट्टले पाँच बर्षअघि आरोहणका लागि खुला गरिएको साइपाललाई चिनाउन गरिएको प्रयास प्रशंसनिय  … Read more

सर्वसाधारणले आजदेखि श्रीपेच हेर्न पाउने

काठमाडौं । गणतन्त्र स्थापनापछि कोठामा गुमनाम राखिएको श्रीपेच आजदेखि सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन्। नारायणहिटी दरबार सङ्ग्रहालयमा राखिएको श्रीपेच पहिलो पटक सर्वसाधारणले अवलोकन गर्न पाउने भएका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको पहलमा श्रीपेच प्रदर्शनीमा ल्याइएको हो। संस्कृति मन्त्रालयले आज नारायणहिटी दरबार सङ्ग्रहालयमा एक कार्यक्रम आयोजना गरी प्रधानमन्त्री केपी शर्मा ओलीले  … Read more

वसन्ता कोरिडोर थारू होमस्टे सञ्चालनमा

कैलारी । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ७, छटकपुर वसन्ता गाउँमा ‘वसन्ता कोरीडोर थारू होमस्टे’ सञ्चालनमा आएको छ । ग्रामीण क्षेत्रमा पर्यटन विकास र अन्तर्राष्ट्रिय महत्त्वको वसन्ता जैविकमार्गको संरक्षण गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याइएको जनाइएको छ । अढाई सय घरधुरी रहेको सो गाउँमा हाल २५ घरमा होमस्टे रहेको गाउँका अगुवा लिखराम चौधरीले जानकारी दिए ।  … Read more

डल्फिन संरक्षण क्षेत्रका रुपमा विकास गर्छौ– पर्यटनमन्त्री अधिकारी

टीकापुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई कैलालीका डल्फिन पाइने क्षेत्रलाई ‘डल्फिन संरक्षित क्षेत्र’ का रूपमा विकास गरिने बताएका छन् । कैलालीको टीकापुर नगरपालिका वडा नम्बर ७, ढुंगानाटोलमा सोमबार आयोजित ‘डल्फिन अवलोकन भ्रमण तथा डल्फिन उत्सव, २०७५’ कार्यक्रममा मन्त्री अधिकारीले सरकारले पर्यटन क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले पर्यटन विकासका  … Read more

तस्बिरमा सुदूरपश्चिमको भूस्वर्ग बडिमालिका (भिडियोसहित)

बडिमालिका नेपालका प्रमुख मन्दिरहरूमा एक हो यो स्थान सेती अञ्चलको बाजुरा जिल्लामा पर्दछ । यहाँ प्रति बर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुन्छ । बडिमालिकामा २ वटा पूजारीहरूले पूजा गर्छन् ।  किंवदन्ती पौराणिक कथा अनुशार महादेवकी पत्नी सतिदेवीका पिता दक्ष प्रजापतिले यज्ञा गर्दा महादेव र सतिलाई बोलाएनन् । सतिदेवि दक्ष प्रजापतीको यज्ञा स्थलमा गएर पितासँग  … Read more

संरक्षणको पर्खाइमा नालापानी किल्ला

देहरादून (भारत) । नेपाल र ब्रिटिस इण्डियाबीचको विश्वचर्चित नालापानी युद्ध भएको दुई सय चार वर्ष पुगेको छ । सोही युद्धको सम्झनामा भव्य स्मारक बनाइएको छ, तर सो किल्ला (स्मारक) अझै संरक्षणको पर्खाइमा रहेको छ । भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादूनबाट नौ किलोमिटर टाढा रहेको नालापानी किल्ला क्षेत्रमा तत्कालीन मुख्यमन्त्री नारायणदत्त तिवारीको पहलमा “बलभद्र खलंगा युद्ध  … Read more

साउनको पहिलो सोमबार

धनगढी । यस वर्षको साउन महिनाको पहिलो सोमबार । यो दिन ब्रतालु हिन्दू महिलाहरूले भक्तिपर्वक आराध्यदेव महादेवको पूजाआजा गर्ने गर्दछन् । सोमबार धनगढीमा रहेका शिवपुरी धाम, पशुपति मन्दिर, शिव मन्दिर लगायतका मठमन्दिरमा दिनभरी नै ब्रतालु महिलाहरूको घुइचो लागेको थियो । साउन महिनामा भगवान शिवलाई शुद्ध जल चढाएमा सबै मनोआकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको छ  … Read more