Category: अर्थ / वाणिज्य


भीनपाका छ वडा गहुँ पकेट क्षेत्र

कञ्चनपुर । भीमदत्त नगरपालिकामा गहुँको पकेट क्षेत्र बनाउन छवटा वडा छनौट गरिएका छन् । भीनपा आर्थिक विकास समिति मातहत स्थानीय कृषि कार्यक्रम समन्वय समितिले ६ वडालाई छनौट गरेको हो । कृषि ज्ञान केन्द्रले केही दिन अघि गहुँको पकेट वडा छनौटका लागि नगरपालिकालाई पत्र पठाएको थियो । केन्द्रको पत्रका आधारमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको  … Read more

ग्याँस पट्किदा मिठाई पसलमा आगलागी

कञ्चनपुर । खाना पकाउने ग्याँस पट्किदा कञ्चनपुरको बेलडाँडीको एक मिठाई पसलमा आगजगी भएको छ । बेलडाँडी गाउँपालिका–२ बेलडाँडी बजारमा रहेको समैजी डेरी तथा मिठाई भण्डारको स्टोरमा रहेको रेडियण्ट ग्याँस सिलिण्डर बिहिबार राती पटकिएको हो । आगलागीबाट पसलको सामान जलेर नष्ट हुनुका साथै घर चट्किएको छ । मिठाई पसलका संचालक बाबु विष्टले दुई दिन अघि रेडियण्ट  … Read more

डोकोमा साग, आँखामा पढाईको सपना

लम्की । उनी हरेक बिहान डोकोभरी हरियो साग बोकेर बलिया बजारतर्फ गइरहेको भेटिन्छन् । हिउदे सागपातको मौसममा बिहान सबेरै उठेर बारीमा गएर तोरीको साग टिप्नु र डोकोमा बोकेर घरबाट डेढ घन्टाको दूरीमा रहेको बलिया बजारमा लगेर बेच्नु उनको अहिलेको दैनिकी बनेको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर ६, बावनपुरकी १३ वर्षीया चम्फा बिसी दशैंको बिदा भएदेखि दैनिक  … Read more

एउटै वडाबाट लाखौंको बन्दा निकासी

बैतडी । तरकारीका लागि पकेट क्षेत्रका रूपमा परिचित बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ बाट १० लाख रुपैयाँ भन्दा बढीको बन्दागोभी तरकारी निकासी भएको छ । दुई महिनाको अवधिमा वडा नम्बर १ बाट १० लाख रुपैयाँ भन्दा बढीको बन्दागोभी तराईका जिल्लामा निकासी भएको किसान कृष्णदत्त भट्टले जानकारी दिए । पछिल्लो समयमा किसान व्यावसायिक तरकारी खेतीमा  … Read more

बिदामा पनि बैंक खुल्ने

धनगढी । दशैंका लागि सरकारले दिएको सार्वजनिक बिदामा पनि बैंकहरू भने खुला रहने भएका छन् । बैंकले आफ्ना ग्राहकको सुविधाको लागि सार्वजनिक बिदाका दिन पनि बैंकका नगद काउन्टर खुला गर्ने जनाएका छन् । सेन्चुरी कमर्सियल, प्रभु, जनता, नविल, नेपाल इन्भेष्टमेण्ट र सिद्धार्थ बैंकले धनगढी, टीकापुर र महेन्द्रनगरमा बिदाका दिनमा पनि काउन्टर खुल्ला गरिने जनाएका छन्  … Read more

चोरी पैठारी रोकिएन

धनगढी । दशैंतिहारका लागि भारतबाट चिनी, लत्ताकपडा तथा अन्य उपभोग्य सामग्री भित्रिने क्रम तीब्र भएको छ । नेपाल सरकारले असोजदेखि भारतबाट हुने चिनीको पैठारीमा भने रोक लगाएको छ । दशैंतिहार नजिकिएसँगै निकटवर्ती भारतीय बजारहरूबाट दैनिक साइकल, रिक्सा, अटोरिक्सा, मोटरसाइकल लगायतका सवारी साधनमा दैनिक ठूलो संख्यामा सर्वसाधारणले चिनी, लत्ताकपडा तथा अन्य उपभोग्य सामान ल्याइरहेका छन् ।  … Read more

चाडबाडलाई दृष्टिगत गरी सीमा क्षेत्रमा सुरक्षा व्यवस्था बढाइयो

धनगढी । दशैंतिहारसहित चाडपर्वलाई दृष्ठिगत गरी स्थानीय प्रशासनले कैलाली र कञ्चनपुरको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था बढाएको छ । चाडबाडका बेला हुन सक्ने चोरी निकासी, अवैध रूपमा सामान आयात तथा सीमापार अपराधिक गतिविधि नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन कैलालीको गौरीफण्टा नाका र कञ्चनपुरको गड्डाचौकी लगायतका सीमा नाकामा सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी  … Read more

व्यवस्थित मासुपसल सञ्चालनमा

धनगढी । धनगढीमा शनिबारदेखि व्यवस्थित मासु पसल सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा सञ्चालनमा आएको धनगढी मिट मार्टको वडाध्यक्ष सन्तोष मुडभरीले उद्घाटन गरे । हेमराज जोशी, दीपक थापा र राजेन्द्र खड्काको संयुक्त लगानीमा सञ्चालन आएको मिट मार्टमा कुखुरा, खसी र माछा उपलब्ध रहेको छ । मार्टका सञ्चालक थापाले पशु चिकित्सकद्वारा चेकजाँच  … Read more

सुपथ मूल्य पसलमा ग्राहकको भीड : दुई सातामा करिब चार लाखको बिक्री

धनगढी । साल्ट ट्रेडिङ  कर्पोरेशन तथा नेपाल खाद्य संस्थानद्वारा धनगढीमा सञ्चालित सुपथ मूल्य पसलबाट दुई साताको अवधिमा करिब चार लाख रुपैयाँको नून र चामल विक्री भएको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको, धनगढी क्षेत्रीय कार्यालयमा सञ्चालित सो सुपथ मूल्य पसलबाट दुई साताको अवधिमा तीन लाख ९० हजार तीन सय ५५ रुपैयाँको नून र चामल विक्री भएको  … Read more

नवज्योतिको दशौं साधारण सभा

धनगढी । धनगढी उपमहानगरपालिका–७, देवहरियास्थित नवज्योति कृषि सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभा आज समापन हुँदैछ । साधारण सभाको उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले एक कार्यक्रमका बीच उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै नगरप्रमुख वडले व्यवस्थित सहकारीले व्यक्तिको जीवनस्थरमा सुधार आई जुनसुकै काम गर्ने सकिने बताए । उनले सबै सहकारीलाई नगर सहकारी बनाउन पहल भइरहेको  … Read more