Category: खेलकुद


राष्ट्रिय उसु डिप्लोमा कोर्स समापन

धनगढी । नवौं राष्ट्रिय उसु डिप्लोमा कोर्स बुधबार धनगढीमा समापन भएको छ । कैलाली जिल्ला उसु संघको आयोजनामा १० गतेदेखि सञ्चालन भएको कोर्समा १२ जना उसु खेलाडी सहभागी थिए । डिप्लोमा कोर्समा अलिसा खातीले दुई सय अंकमध्ये एक सय ३१ दशमलव पाँच अंक ल्याई प्रथम भएकि छन् । भने बालचन राना द्वितीय भएका छन् ।  … Read more

डिसीए अन्तर विद्यालय क्रिकेट : दोस्रो चरणको खेल आजदेखि

धनगढी । धनगढीमा जारी डिसीए अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा आज (बिहीबार) देखि दोस्रो चरणका खेल शुरु हुने भएका छन् । प्रतियोगितामा २९ टिम सहभागी भएकोमा नकआउटका आधारमा खेलाइएको पहिलो चरणको खेलबाट उत्कृष्ट १५ वटा टिम छनोट भएका छन् । आयोजकका अनुसार दोस्रो चरणमा धनगढीको क्यास्पियन, ग्ली, ज्योती, ब्रोडभिजन, ऐश्वर्य विद्या निकेतन, कैलाली विद्या निकेतन, स्टोन ब्रिज  … Read more

डिसिए अन्तर विद्यालय क्रिकेट : एरिष्टो र ब्रोडभिजन विजयी

धनगढी । धनगढीमा जारी डिसिए अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको शुक्रबारको खेलमा एरिष्टो इंग्लिस स्कूल ब्रोडभिजन विजयी भएका छन् । एरिष्टोले मोडर्न इंग्लिस स्कूललाई २० रनले पराजित गर्‍यो भने ब्रोडभिजनले कैलाली मोडललाई दुई विकेटले पाखा लगायो । टस जितेर पहिले व्याटिङ गरेको एरिष्टोले २० ओभरको खेलमा एक नौ रन बनायो । एरिष्टोका सुदीप कार्कीले २५, सन्जु ठगुन्नाले  … Read more

डिसिए अन्तर विद्यालय क्रिकेट : ग्ली एकेडेमी र इमरेड एकेडेमी विजयी

धनगढी । धनगढीमा जारी डिसिए अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको बिहीबार भएका खेलमा ग्ली एकेडेमी र इमरेड एकेडेमी विजयी भएका छन् । ग्लीले ज्ञान निकेतनलाई २० रनले पराजित गर्‍यो भने इमरेडले मयुर स्कूललाई आठ रनले हरायो । पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको ग्लीले २० ओभरमा छ विकेट क्षतिमा एक सय १६ रन बनायो । ग्ली एकेडेमीका पदम  … Read more

डिसिए अन्तरविद्यालय क्रिकेट शुरु

धनगढी । धनगढीमा बुधबारदेखि डिसिए अन्तर विद्यालय क्रिकेट प्रतियोगिता शुरु भएको छ । बुधबार भएका खेलमा क्यास्पियन एकेडेमी र लिटिल फ्लावर बोर्डिङ स्कुल विजयी भएका छन् । बुधबारको पहिलो खेलमा क्यास्पियनले मालिका उमाविलाई आठ विकेटले हरायो । टस हारेर व्याटिङको निम्तो पाएको मालिकाले निर्धारित २० ओभरमा छ विकेट क्षतीमा एक सय २४ रन बनायो । मालिकाका प्रशान्त  … Read more

आजदेखि डिसिए अन्तरविद्यालय क्रिकेट

धनगढी । धनगढीमा आज (बुधबार) देखि डिसिए अन्तरविद्यालय क्रिकेट प्रतियोगिता शुरु हुँदैछ । धनगढी क्रिकेट एकेडेमीको आयोजनामा सञ्चालन हुने अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा २९ वटा विद्यालयको प्रतियोगिता संयोजक विजय कार्कीले बताए । मंगलबार धनगढीमा आयाजित पत्रकार सम्मेलनमा प्रतियोगिता आगामी २१ गतेसम्म सञ्चालन हुने जानकारी दिइयो । प्रतियोगिता संयोजक कार्कीले पहिलो र दोस्रो चरण नकआउटका आधारमा खेलाइने र उत्कृष्ट  … Read more

पिएफए भेट्रान कप क्रिकेट : लीग चरणका खेल जारी

अत्तरिया । अत्तरियामा जारी पिएफए भेट्रान कप अन्तर्गत सोमबारको खेलमा सनराइजेज युथ क्लव र महेन्द्रनगर विजयी भएका छन् । सोमबारको पहिलो खेलमा सनराइजेज युथ क्लव अत्तरियाले न्यु सनराइज युवा क्लव गेटालाई ४८ रनले पराजित गर्‍यो । टस जितेर ब्याटिङ रोजेको अत्तरियाले एक सय ४१ रन बनाएको थियो । जवाफमा न्यु सनराइजले १७ ओभरमा सबै बिकेट गुमाएर ९४  … Read more

पिएफए भेट्रान कप क्रिकेट : एक्सजोन र वेस्टर्न एकेडेमी विजयी

अत्तरिया । अत्तरियामा जारी पिएफए भेट्रान कप अन्तर्गत आइतबार भएका खेलमा एक्सजोन र वेस्टर्न क्रिकेट एकेडेमी विजयी भएका छन् । एक्स जोन गुलरियाले युनाईटेड स्पोटर््स एकेडेमीलाई तीन विकेटले पराजित गरेको थियो । यस्तै दोस्रो खेलमा वेस्टर्न क्रिकेट एकेडेमीले सुदूरपश्चिम यातायात समितिलाई तीन विकेटले हरायो । टस जितेर ब्याटिङ गरेको यातायात समितिले नौ विकेट क्षतिमा एक  … Read more

पिएफए भेट्रान कप क्रिकेट : चौराह र पिएफए विजयी

अत्तरिया । कैलालीको अत्तरियामा जारी पिएफए भेट्रान कप अन्तर्गत शनिबार भएका खेलमा चौराहा युवा क्लव र पिएफए विजयी भएका छन् । शनिबार भएको पहिलो खेलमा चौराहा युवा क्लव, धनगढीले सुदूरपश्चिम यातायात समिति टिमलाई एक सय १८ रनले पराजित गर्‍यो । टस जितेर व्याटिङ रोजेको चौराहा युवा क्लवले दुई सय दुई रन बनायो । चौराहा युवा  … Read more

उसु खेलाडी सम्मानित

धनगढी । धनगढीकी राष्ट्रिय उसुु खेलाडी एलिना चौधरीलाई बिहीबार धनगढीमा सम्मान गरेको छ । नेपाल उसुु संघ, शिअ उसुु क्वानले बिहीबार गरेको एक कार्यक्रममा खेलाडी चौधरीलाई सम्मान गरियो । कार्यक्रममा शिअ उसुक्वानका सचिव रतनबहादुर खातीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्दै सुुदूरपश्चिमको नाम उच्च बनाएकोले सम्मान गरिएको बताए । २०६३ साल देखि शिअ उसुु क्वानबाट  … Read more