Category: खेलकुद


बिवाईसि मेयर कप भाेलिदेखि

धनगढी । गोदावरी नगरपालीको अत्तरियामा हुने बिवाईसि मेयर कप फुटबल प्रतियोगिता २०७६ भाेलिदेखि शुरु हुने भएको छ । अत्तरियालाई फुटबलको सहर भनि देशव्यापी रुपमा परिचित गराउने उद्देश्यले वनदेवी युवा कल्वको आयोजनामा बैशाख १० गतेदेखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजकले सोमबार धनगढीमा पत्रकार सम्मेलन गरी जनाएको हो । प्रतियोगिताका उद्घाटन गोदावरी नगरपालीकाका  … Read more

अाठाैं खेलकुदमा सुदूरपश्चिमका खेलाडीले अझै पाएनन् ट्र्याकसुट

धनगढी । सुदूरपश्चिम प्रदेशका एथ्लेटिक्स खेलाडीले अाठाैं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तोकिएको ट्र्याकसुट अझै पाएका छैनन् । व्यवस्थापनकाे कमजाेरीका कारण खेलकुदमा खेलाडीहरूले  ट्र्याकसुट नपाएको एक अफिसियलले बताए। ‘ट्र्याकसुट कहाँ र कसले दिन्छ भन्ने अझै थाहा छैन। प्रतियोगिता सकिएपछिपनि पाइन्छ कि पाइदैन थाहा छैन,’ ती अफिसियलले भने। आठौंका लागि तोकिएको ट्र्याकसुट उपलब्ध नभएपछि खेलाडीले पुरानो लगाएर प्रतिस्पर्धामा  … Read more

अन्तर्राष्ट्रिय गोजुरियो प्रतियोगिता जेठमा

धनगढी । राष्ट्रिय गोजुरियो कराँते दो संघ नेपाल, सुदूरपश्चिम प्रदेशको आयोजनामा आगामी जेठ दोस्रो साता क्षेत्रीय रंगशाला धनगढीमा नवौं अन्तर्राष्ट्रिय गोजुरियो कराँते प्रतियोगिता हुने भएको छ । जेठ ९ देखि ११ गतेसम्म हुने दुई दिने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र भुटानका झण्डै १ हजार खेलाडीहरुले सहभागिता जनाउँने आयोजक राष्ट्रिय गोजुरियो कराँते  … Read more

फुटसलको उपाधि पशुपति फारवेष्टलाई

धनगढी । नयाँ बर्ष २०७६ सालको अवसरमा धनगढीमा आयोजना गरिएको फुटसल प्रतियोगिताको उपाधि पशुपति फारवेष्ट युवा क्लबले जितेको छ । धनगढीमा रहेको फल्याटल्याण्ड फुटसलले आयोजना गरेको प्रतियोगिताको फाईनलमा फोर्स मोटर्सलाई पराजित गर्दै पशुपति फारवेष्टले फुटसल प्रतियोगिताको उपाधि जितेको हो । फल्याटल्याण्ड फुटसलमा भएको फाईनल खेलमा पशुपतिले फोर्स मोटरलाई ९–८ को अन्तरले किनारा लगाएको हो । धनगढीका  … Read more

रात्रीकालीन पेनाल्टी सुटआउट आज दिउँसाेदेखि

धनगढी । धनगढीमा नयाँ वर्षको पूर्व सन्ध्यामा हुने रात्रिकालिन पेनाल्टी सुटआउट प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक दिनेश श्रेष्ठले यस वर्ष पनि आज (शनिबार) दिउँसाे ३ बजेदेखि हुने रात्रिकालिन पेनाल्टी सुटआउट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिए । प्रतियोगितामा ३२ वर्षभन्दा माथिका उमेर समूहले मात्रै  … Read more

नयाँ वर्षमा दौडिने तयारी पुरा

धनगढी । धनगढी जेसिजले नयाँ वर्षको अवसरमा वैशाख १ गते आयोजना गरिने हाप म्याराथुनको तयारी पुरा भएको जनाएको छ । जेसिजले २१।१ किलोमिटरको दौड अथवा हाफ म्याराथनको छैठौँ संस्करणलाई हरेक वर्षझै यो वर्ष पनि वैशाख १ गते नै आयोजना गर्न लागेका हो । युवालाई यस क्षेत्रको सम्रग विकासमा अग्रसर गर्ने उद्धेश्यले ‘अव धनगढी दौडिन्छ’ नाम  … Read more

आठौं राष्ट्रिय खेलकुद :  कुस्तीमा प्रदेश ७ लाई तीन स्वर्ण

काठमाडौं ।  प्रदेश नं. ७ ले आठौं राष्ट्रिय खेलकुद अन्तरगत कुस्तीमा तीन स्वर्ण हाता पार्न सफल भएको छ। प्रदेश ७ का मनिषा सिहले ५० केजी तौल समूहमा स्वर्ण हात पारिन्।  यस समूहमा सेनाकी लक्ष्मी तामाङ्खले रजत र प्रदेश ५ की सविता श्रेष्ठले कास्य पाईन्। यस्तै ५३ केजीमा प्रदेश ७ की सिमाङ्खी दुवेले स्वर्ण, सेनाकी कोपिला थापा मगरले  … Read more

डिलासैनीमा राष्ट्रपति रनिङ सिल्ड

नरी बडु/बैतडी । बैतडीको डिलासैनी गाउ“पालिकामा प्रथम राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता शुरु भएको छ । प्रतियोगिता मंगलबारदेखि शुरु भएको हो । “स्वस्थ, सबल र समृद्ध डिलासैनी हाम्रो पहिचान, स्वास्थ्यको लागि खेलकुद हाम्रो अभियान’ भन्ने नाराका साथ गाउ“पालिकाको आयोजनामा रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको प्रतिनिधि सभा सदस्य दामोदर भण्डारीले एक समारोहबीच उद्घाटन गरेका थिए  … Read more

वडास्तरीय भलिवल प्रतियोगिता शुरु

धनगढी । नयाँ वर्ष नजिकिएसंगै धनगढी उपमहानगरपालिका–१३, झलारीको जनता राष्ट्रिय माध्यमिक विद्यालयको खेलमैदानमा वडास्तरीय भलिवल प्रतियोगिता शुरु भएको छ । राजपुर युवा क्लबको आयोजनामा शुरु भएको सो प्रतियोगितामा वडा नं. १३ का ६ टीमले सहभागिता छ । प्रतियोगिता उद्घाटन वडा अध्यक्ष विजयराज जोशीले गरेका थिए । उद्घाटन गर्दै अध्यक्ष जोशीले यस क्षेत्रका युवाहरुलाई खेलको माध्यमबाट  … Read more

आत्मरक्षाका लागि डोजो प्रशिक्षण

धनगढी । पछिल्लो समय नेपालमा हत्याहिंसा बलत्कार बढेको भन्दै आत्मरक्षाका लागि डोजो कराँते खेलको प्रशिक्षण शुरु गरेको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर १३, झलारीस्थित जनता राष्ट्रिय माध्यामिक विद्यालयको खेल मैदानमा त्यस क्षेत्रका महिला वालवालिकालाई आत्मरक्षाका लागि नेपाल सोतोकान कराँते संघले सो खेलको प्रशिक्षण गरिरहेको हो । एक कार्यक्रमका आयोजना गरी वडा नं. १३ का वडा  … Read more