Category: समाचार


सप्तरीको मलेठमा प्रहरीको गोली लागी मृत्यु भएका पाँचैजना सहिद घोषणा

राजविराज । नेकपा एमालेको मेची महाकाली अभियानका क्रममा सप्तरी जिल्लाको मलेठमा प्रहरीको गोली लागी मृत्यु भएका पाँचजनालाई नेपाल सरकारले बुधबार औपचारिक रुपमा सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले बुधबार सप्तरी सदरमुकाम राजविराजमा आयोजित कार्यक्रममा पाँचैजनालाई सहिद घोषणा गरिएको जानकारी दिए । एमालेको मेची(महाकाली अभियानअन्तर्गत सप्तरीको मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक  … Read more

चितवन समाज इजरायलमा बराल

इजरायल । चितवन समाज इजरायलको तेस्रो अधिवेशनबाट सरिस्मा बरालको अध्यक्षमा २४ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार इजरायलको गोलनहाइटमा भएको अधिवेशनबाट सो नयाँ कार्यसमिति चयन भएको हो । ‘चितवनको विकास र सामाजिक भावना, समाजको एकता, समृद्धि चाहाना’ भन्ने नारासहित कामको सिलसिलामा इजरायलमा रहेका चितवनबासी आबद्ध चिवतन समाज इजरायल सन् २०१४ मा स्थापना भएको  … Read more

मतगणना टोली थप्न निर्देशन

काठमाडौं । मतदाता परिणाम जान्न आतुर भए पनि स्थानीय तह पहिलो चरणको मतदानको तेस्रो दिनसम्म मतगणनाको गति ज्यादै सुस्त देखिएको छ । कम मतदाता रहेका केही स्थानको मात्र अन्तिम परिणाम आएको छ । चारैवटा महानगरपालिकालगायत अधिकांश ठूला सहर र बजार क्षेत्रको मतगणना सुस्त छ । पहिलो चरणमा निर्वाचन भएको २ सय ८३ गाउँपालिका र नगरपालिकामध्ये  … Read more

नवलपरासीका चार गाउँपालिका कांग्रेसको कब्जामा

नवलपरासी । पहाडी बुलिंटार र हुप्सेकोट गाउँपालिकामा कांग्रेस बिजयी भएको छ । बुलिंटारमा नेपाली कांग्रेसबाट गाउँपालिका प्रमुखका उम्मेदवार शशिकिरण बस्ताकोटीले ४७०८ मत ल्याएर बिजयी भएका छन् । बस्ताकोटी शिक्षक हुन् । उनका प्रतिस्पर्धी एमालेका पत्रकार विद्रोही गिरीले २५५० मतमा चित्त बुझाएका छन् । गिरी प्रेस चौतारीका केन्द्रीय सदस्य पनि हुन् । त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी  … Read more

स्थानीय तह निर्वाचन : एमाले १७, कांग्रेस १४, माओवादी केन्द्र १२ स्थानमा विजयी

काठमाडौं । बैशाख ३१ गते भएको स्थानीय तह पहिलो चरणको निर्वाचनको मतगणनाअनुसार मंगलबार रातिसम्म नेकपा (एमाले)ले अग्रता लिएको छ । मंगलबार राति ११ बजेसम्मको मतगणना परिणामअनुसार एमाले १७ स्थानमा विजयी भएको भने ९० स्थानमा अगाडि रहेको छ । त्यसैगरी, नेपाली कांग्रेसले १४ स्थानमा विजय प्राप्त गरेको छ भने ८२ स्थानमा अग्रता लिएको छ । माओवादी  … Read more

विदेशी पर्यटक आगमन नाममात्र

धनगढी । सुदूरपश्चिममा अझैं पनि विदेशी पर्यटक आगमन नाम मात्रको रहेको छ । सुुदूूरपश्चिमको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास आवश्यक रहेको पटकपटक बहस, छलफल भए पनि यस क्षेत्रमा घुमघामका लागि तेस्रो मुलुकका पर्यटक आगमनमा कुनै सुधार आउन सकेको छैन । कैलाली अध्यागमन कार्यालयका अनुसार पछिल्लो सात वर्षको अवधिमा यस नाका भएर तीन सय जना जति विदेशी  … Read more

थाकस अध्यक्ष चौधरीलाई सहयोग

धनगढी । थारू कल्याणकारिणी सभा कैलालीका अध्यक्ष लाहुराम चौधरीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । कैलाली जिल्ला कारागार कैलालीमा जेलजीवन बिताइरहेका लाहुरामको बैंक ऋण बढ्दै गएर घरजग्गा लिलाम हुने अवस्थामा पुग्न लागेपछि विभिन्न व्यक्ति तथा संस्थाले सहयोग प्रदान गरिरहेका छन् । यस क्रममा कैलाली र कञ्चनपुरमा थारू युवाहरूले संकलन गरेको ६९ हजार रुपैयाँ उनलाई प्रदान गरिएको जनाइएको  … Read more

सार्वजनिक सुनुवाई

धनगढी । टिस्युकल्चर प्रविधिबाट केराको वेर्ना उत्पादन कार्यक्रम उपआयोजनाको दोस्रो सार्वजनिक सुनुवाई मंगलबार भएको छ । साना तथा मझौला कृषक आयस्तर बृद्धि आयोजनाको अनुदान सहयोगमा दिगो उद्यम तथा वातावरण विकास कार्यका लागि सचेतना केन्द्र (सेवक नेपाल) प्राविधिक सहयोगमा साग गु्रप कृषि फार्मले सो उपआयोजना सञ्चालन गरिरहेको छ । कार्यक्रममा जिल्ला कृषि कार्यालय, कैलालीका योजना अधिकृत लोकराज  … Read more

सम्पर्क कार्यालय स्थापना

फूलवारी । धनगढी उपमहानगरपालिका वडा नम्बर १४ अन्तर्गत फूलवारीमा नेपाली कांग्रेसले स्थानीय निर्वाचनको प्रचारप्रसारलाई लक्षित गरी मंगलबार सम्पर्क कार्यालयको स्थापना गरेको छ । धनगढी उपमहानगरपालिकाका मेयरका दाबेदार मानबहादुर बिष्टले उद्घाटन गरेको कार्यक्रम वडा सभापति हर्कबहादुर घिमिरेको अध्यक्षतामा भएको थियो ।