Category: समाचार


बाजुराको स्वामिकार्तिक गापामा एमाले बिजयी

धनगढी । बाजुराको स्वामिकार्तिक गापामा एमाले बिजयी भएकाे छ । नेकपा एमाले चिरन्जिजबी शाहीले २४५९ उपाध्यक्ष मिना बुढा २३६0 मत प्राप्त गरि विजयी भएका हुन । उनका प्रितद्वन्दी नेपाली काग्रेसका भरत राेकायाले १७५६ र  उपाध्यक्ष मैना जाेशीले १६७९ मत ल्याएका छन भने माअाेबादी केन्द्र रमेश बिकले  ४६७ र सुन्जिरा राेकायाले  ४८७ मत ल्याएका छन् ।

ताजा अपडेट – कुन पार्टीले कति जिते (सूचीसहित)

धनगढी । प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार ६४ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । जसमा नेकपा एमालेले अग्रता बनाएको छ । एमालेले २८ स्थानीय तहमा जित निकाल्दा दोस्रोमा रहेको नेपाली कांग्रेसले २५ स्थानीय तहमा जीत निकालेको छ भने नेकपा माओवादी  … Read more

बैतडीको दुई स्थानीय तहमा कांग्रेसको जित

बैतडी । दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।  आज बिहान सार्वजनिक मतपरिणामानुसार दशरथचन्दमा कांग्रेसका नरेन्द्रसिंह थापा तीन हजार सात सय ६२ मत लिएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका पुष्करराज जोशीले तीन हजार सात सय मत प्राप्त गरे ।  उपप्रमुखमा कांग्रेसकै मीना चन्द तीन हजार सात सय ३१ मतका साथ  … Read more

कैलारी २ मा पनि माअाेवादी केन्द्र

धनगढी । कैलारी गाउँपालिका वडा नं. २ मा पनि नेकपा माअाेवादी केन्द्र विजयी भएकाे छ । माअाेवादी केन्द्रका उम्मेदवारहरू सन्तुराम चाैधरी (अध्यक्ष), लक्ष्मी चाैधरी (महिला सदस्य), कित्थी दमाइ (दलित सदस्य), रामकुमार चाैधरी र लालबहादुर ठकुल्ला (खुला सदस्य) विजयी भएका हुन् । वडा नं. २ मा विजयी भएसंगै माअाेवादी केन्द्रले गाउँपालिका प्रमुखमा १४०६ र उपप्रमुखमा १३७५  … Read more

टीकापुर २ मा एमाले फाेरम मिश्रित

टीकापुर । टीकापुर नगरपालिका वडा नं. २ को अध्यक्षमा एमालेका प्रकाश बुध ६९७ मत पाएर विजयी भएका छन् ।  सदस्य महिला उपमा मेसी र सदस्य काँशीराम कार्की एमालेबाट विजयी भएका छन् भने लाेकतान्त्रिक फाेरमबाट  चक्र बहादुर चाैधरी र दलित सदस्य कमला सुनार विजयी भएका छन् ।  

प्रदेश नं. ७ मा एमाले–कांग्रेस १२/१२, माअाेवादी ३ तहमा विजयी

धनगढी, असार १६ । स्थानीय निर्वाचनमा प्रदेश नं. ७ मा नेकपा एमाले र नेपाली कांग्रेसले हालसम्म ११/११ तहमा विजयी भएकाे छ । भने बैतडीकाे सुर्नया गाउँपालिकामा कंग्रेसका अध्यक्ष र एमालका उपाध्यक्ष विजयी भएका छन् । नेकपा माअाेवादीले हालसम्म प्रदेश नं. ७ काे तीन तहमा जितेकाे छ ।  

कैलारी १ मा माअाेवादी विजयी

धनगढी, कैलारी गाउँपालिका १ मा नेकपा माअाेवादी केन्द्र ८५ मतले प्यानलसहित विजयी भएकाे छ । माअाेवादीका वडा नं. १ का उम्मेदवार बालकृष्ण चाैधरीडगाैराले ६८५ मत पाए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ध्वजबहादुर बाेहराले ६०० मत पाए । महिला सदस्यमा  विमला चाैधरी, दलित सदस्यमा लक्ष्मी विक, खुला सदस्यहरूमा बुद्धिराम दहित र बुद्धिराम चाैधरी विजयी भएका छन्  … Read more

बाजुराकाे बडिमालिकामा कांग्रेस विजयी

धनगढी, बाजुराकाे बडिमालिका नगरपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ । कांग्रेसका मेयर पदका उम्मेदवार पदम वडुवालले २९४० । उपमेयर पदका उम्मेदवार कविता बुढाले २९४५ मत पाएर विजयी भएका हुन् ।