Category: समाचार


घुस रकमसहित वन अधिकृत पक्राउ

धनगढी । धनगढी उपमहानगरपालिकाको तारानगरमा रहेको वन सव डिभिजन कार्यालयका सहायक वन अधिकृत घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले सहायक वन अधिकृत भरतप्रसाद साहलाई घुस लिँदै गर्दा पक्राउ गरेको जनाएको छ । काठ चोरी निकासीको मुद्दा मिलाई दिने भन्दै घुस लिइरहेको अवस्थामा सहायक वन अधिकृत शाहलाई  … Read more

ओजुवा तालमा डुंगा सञ्चालन

सुखड । कैलालीको घोडाघोडी ताल क्षेत्रको ओजुवा तालमा बुधबारदेखि डुंगा सञ्चालनमा ल्याइएको छ । घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले बुधबार एक कार्यक्रमबीच डुंगा सञ्चालनको उद्घाटन गरे । ओजुवा ताल ६ हेक्टर क्षेत्रफलमा फैलिएको छ । ओजुवा तालमा निजी क्षेत्रबाट डुंगा सञ्चालनमा ल्याइएको बताइएको छ । बृहत घोडाघोडी ताल तथा पर्यटन बोर्डको प्रवद्र्धन तथा घोडाघोडी सामुदायिक वनको समन्वयमा लेकसाईट इको  … Read more

मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिता सुरु

धनगढी । सुदूरपश्चिम प्रदेश, सामाजिक विकास मन्त्रालयको आयोजनामा बुधबारदेखि धनगढीमा प्रथम मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गतका क्रिकेट तथा फुटबल खेल शुरु भएका छन् । बुधबारदेखि महिला तथा पुरुषतर्फ क्रिकेट र फुटबल खेलहरू सुरु भएका छन् । पुरुषतर्फको क्रिकेट खेलहरू धनगढीको फाप्ला मैदानमा भइरहेका छन् भने महिलातर्फको क्रिकेट खेलहरू संघीय प्रहरी कार्यालयको खेल मैदानमा भइरहेका छन् ।  … Read more

सम्पादकीयः सिके राउतसँगको सम्झौताका तरंगहरू

स्वतन्त्र मधेस राज्यको नारा लगाउदै पृथकतावादी आन्दोलन अघि बढाइरहेका सिके राउत र केपी शर्मा ओली नेतृत्वको सरकारबीच भएको नाटकीय सम्झौताबारे विभिन्न कोणबाट चर्को टिकाटिप्पणीको क्रम जारी छ । मुलुकको राष्ट्रिय अखण्डता र सार्वभौमिकतामाथि नै आक्रमण गर्दै देश टुक्राउने नारा सहितका गतिविधिको नेतृत्व गरिरहेका सिके अदालतको आदेशबाट जेलमुक्त भएको लगत्तै सरकारले उनीसँग एघार बुँदे सम्झौता गरेपछि  … Read more

प्रथम मुख्यमन्त्री कप प्रतियोगिता आजदेखि

धनगढी । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको आयोजनामा आजदेखि धनगढीमा प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिता आगामी चैत ३ गतेसम्म सञ्चालन हुने जनाइएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन भने चैत्र १ गते हुने छ । फुटवल तथा क्रिकेट खेलहरू भने आजदेखि शुरु हुँदैछन् । सामाजिक विकास मन्त्रालयले मंगलबार आयोजना गरेको  … Read more

सांसद महिलाहरूको गुनासो– सञ्चार माध्यम हाम्रा सवालप्रति उदासिन

धनगढी । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद महिलाहरूले सञ्चार माध्यमहरूले आफ्ना सवालहरूलाई प्राथमिकता नदिएको गुनासो दोहो¥याएका छन् । सांसद महिलाहरूले सञ्चार माध्यमहरूले सांसद पुरुषहरूको तुलनामा आफ्ना सवालप्रति उदासिनता देखाइरहेको अनुभव सुनाए ।मंगलबार धनगढीमा आयोजित ‘संसद र सञ्चार सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा सांसद महिलाहरूले सञ्चार माध्यम महिलामैत्री हुन नसकेको गुनासो गरे । कार्यक्रमा प्रतिनिधि सभाका उपसभामुख  … Read more

गौरीगंगा कप फुटवल : घोडाघोडी र मालिका सेमिफाइनलमा

सुखड । कैलालीको गौरीगंगा नगरपालिकामा जारी बाह्रबन गौरीगंगा कफ फुटवल प्रतियोगितामा घोडाघोडी युवा क्लव सुखड र मालिका चौलागाई एण्ड उत्कृष्ट ग्रुप सहारा, पहलमानपुर सेमिफाइनलमा प्रवेश गरेका छन । मंगलबार भएका खेलमा घोडाघोडी युवा क्लवले सुदूरपश्चिम–११ स्पोटर््स क्लवलाई हरायो भने सहारा पहलमानपुरले युनाइटेड युथ क्लव दाङलाई पराजित गरेर सेमिफाइनलमा प्रवेश ग¥यो । मंगलबारको पहिलो खेलमा घोडाघोडीले  … Read more

तीव सामुदायिक नको वार्षिक साधारण सभा

धनगढी । कैलारी गाउँपालिका वडा नम्बर ७ छुट्की वसन्तास्थित सामुदायिक वन उपभोक्ता समूहको मंगलबार सार्वजनिक सुनुवाई, जनलेखा परीक्षण तथा वार्षिक साधारण सभा भएको छ । शिव, सुइटी र खौरहुवा सामुदायिक वन उपभोक्ता समूहको सार्वजनिक सुनुवाई, जनलेखा परीक्षण तथा वार्षिक साधारण सभा भएको जनाइएको छ । साधारण सभामा तीन वटै सामुदायिक वन उपभोक्ता समूहको आर्थिक वर्ष  … Read more

धनगढीमा नेपाल टेलिभिजनको ब्युरो कार्यालय खुल्ने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपाल टेलिभिजनलाई प्रदेश स्तरसम्म विस्तार तथा विकास गर्न प्रदेश सरकारले सहयोग गर्ने बताएका छन् । मुख्यमन्त्री भट्टले राज्यको स्वामित्वमा रहेको नेपाल टेलिभिजनको विस्तार तथा विकासका साथै समुयानुकल प्रतिस्पर्धी र गुणस्तरीय बनाउन समेत प्रदेश सरकार तयार रहेको बताए । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डाक्टर महेन्द्र बिष्टसँगको मंगलबार मुख्यमन्त्री कार्यालयमा  … Read more

सरकार र सिके राउतबीचको सम्झौता विरुद्ध प्रदर्शन

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सिके रावतसँग गरेको सम्झौता खारेजको माग गर्दै धनगढीमा प्रदर्शन गरिएको छ । मंगलबार व्यानरमा नेपाली सन्तानहरूको आयोजना लेखिएको व्यानर सहित स्वःस्फुत रूपमा धनगढीका युवाहरूले प्रदर्शन गरेका हुन । सरकार र स्वतन्त्र मधेस गठबन्धनका अध्यक्ष सिके राउतबीच भएको ११ बुँदे सहमति खारेज गर्न उनीहरूले माग गर्दै प्रदर्शन गरेको  … Read more