Category: समाचार


डिसिए टोली खेल भम्रणका लागि मुम्बई

धनगढी । धनगढी क्रिकेट एकेडेमी (डिसिए) को टोली खेल भम्रणका लागि आइतबार मुम्बई गएको छ । टोलीलाई धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले एक कार्यक्रमकाबिच दोसल्ला ओढाएर विदाई गरेको हो । सो अवसरमा बोल्दै नगर प्रमुख वडले खेलबाटै राष्ट्रको पहिचान रहेको बताए । ‘खेललेनै कुनै पनि क्षेत्रलाई चिनाउन तथा पहिचान गराउन महत्वपूर्ण भुमिका खेल्छ’ नगर  … Read more

धनगढी–दिपायल द्रुतमार्ग यसै वर्ष सञ्चालनमा आउछः मुख्यमन्त्री भट्ट

धनगढी । देशभर नागरिकहरु दशैं तिहार मनाइरहेका बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्री राष्ट्रिय महत्वको धनगढी–दिपायल द्रुतमार्ग निरीक्षण गरेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकास मन्त्री दीर्घ सोडारीले शनिबार धनगढीदेखि गाेदावरी नगरपालिका वडा नं. ४ मा पर्ने चौकीगडासम्म पुगेर सो मार्गको अवस्था बुझेका हुन् । २०६४ बाट मार्गको ट्रयाक खोल्ने काम  … Read more

डुंगा पल्टिदा हराएका व्यक्तिकाे खाेजी कार्य जारी

चिसापानी । कर्णाली नदिमा डुङ्गा सोमबार साँझ डुंगा पल्टिदा वेपत्ता भएका दुई जनाकाे खाेजी कार्य जारी छ । स्थानीय प्रहरी, सशस्त्र प्रहरी,  नेपाली सेनाकाे ठूलाे टाेलीले खाेजी गरिरहकाे छ । इलाका प्रहरी कार्यालय लम्की, सशस्त्र प्रहरी डुडेझारी, नेपाली सेना गाेरंगेकाे टाेलीले कर्णालीमा मंगलबार बिहानैदेखि खाेजी रहेकाे हाे । डुङ्गामा रहेका कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ५  … Read more

चोरीको एक लाख सहित युवक पक्राउ

धनगढी । स्थानीय पसलबाट चोरी गरेको अभियोगमा मंगलबार बिहान एक लाख बढि नगद सहित धनगढी उपमहानगरपाली–७ वेलीका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । आदेश रानाको खुद्रा पसलको गल्ला तोडेर चोरी गरेर भाग्दै गर्दा स्थानीयको सहयोगमा कनरी प्रहरी चौकीले २० वर्षीय मनोज क्षेत्रीलाई बिहान ५ बजे पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले  … Read more

एक वर्षभित्र नेपालकै भूउपग्रह

काठमाडौं – रूस (तत्कालीन सोभियत संघ) ले अन्तरिक्षमा पहिलो भूउपग्रह प्रक्षेपण गरेको ६२ वर्षपछि नेपालले बल्ल भूउपग्रह पठाउने चाँजो मिलाउन लागेको छ। नेपालले प्रक्षेपण गर्न लागेको ‘नानो स्याटेलाइट’ (सानो भूउपग्रह) को ‘मोडल’ तयार भइसकेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले जनाएको छ । सन् २०१९ अगस्टभित्र अमेरिकाको फ्लोरिडास्थित नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन  … Read more

अशोभनीय अभिव्यक्ति नदिन पूर्वराजालाई प्रधानमन्त्रीको चेतावनी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले अशोभनीय अभिव्यक्ति नदिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिएका छन् । सोमवार नारायणहिटी दरबारमा रहेको श्रीपेच र राजदण्ड सर्वसाधारणका लागि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले बेला बेला अशोभनीय अभिव्यक्ति आउनु वाञ्छनीय नभएको बताए। ‘राजाबाट नागरिक भइसकेका व्यक्तिबाट अशाेभनीय ढंगले असामयिक बोली आउनु त्यति वाञ्छनीय होइन’, ओलीले पूर्वराजा शाहतर्फ संकेत गर्दै भने, ‘यो  … Read more

बिदामा पनि बैंक खुल्ने

धनगढी । दशैंका लागि सरकारले दिएको सार्वजनिक बिदामा पनि बैंकहरू भने खुला रहने भएका छन् । बैंकले आफ्ना ग्राहकको सुविधाको लागि सार्वजनिक बिदाका दिन पनि बैंकका नगद काउन्टर खुला गर्ने जनाएका छन् । सेन्चुरी कमर्सियल, प्रभु, जनता, नविल, नेपाल इन्भेष्टमेण्ट र सिद्धार्थ बैंकले धनगढी, टीकापुर र महेन्द्रनगरमा बिदाका दिनमा पनि काउन्टर खुल्ला गरिने जनाएका छन्  … Read more

घर–घरमा फूलपाती भित्र्याइँदै

  धनगढी । विजया दशमीकाे अाज साताैं दिन घरघरमा फूलपाती भित्र्याएर मनाइदै छ । उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, जयन्ती, धानका बाला, अशोकका पात, अदुवाको बोट र फलफूल आदि नयाँ पालुवालाई फूलपातीका रुपमा शुभ साइतका प्रतीक मानी दुर्गा भवानीको प्रतिमा राखिएको दशैंघरबाट विधिपूर्वक भित्र्याउने  गरिन्छ । भगवतीका अन्य मन्दिरहरुमा पनि आजै फूलपाती भित्र्याइन्छ ।  … Read more

चाडबाडमा खानपिनमा ध्यान दिन आग्रह

धनगढी । दशैंतिहार भनेपछि राम्रो कपडा लगाउने र मिठो खाने भन्ने बुझिन्छ । तर, कस्तो खानेकुरा, कति र कसरी खाने भन्ने बारेमा जानकारी नहुँदा मानिसहरूले सास्ती भोग्नुपर्ने अवस्था आउने गरेको छ । दशैंमा खसी, बोका, कुखुरा लगायतको मासुको बढी सेवन हुने गर्दछ । स्वास्थ्यकर्मी तथा पशु चिकित्सकहरू मासुबाट सर्ने रोगबाट बच्न सावधानी अपनाउन आग्रह गर्छन्  … Read more

‘सखी’माथि साहित्यिक संवाद

धनगढी । साहित्यकार रामलाल जोशीद्वारा लिखित ‘सखी’ उपन्यासमाथि सोमबार लम्कीमा साहित्यिक संवाद भएको छ । युथ लिडरसीप कर्नर, लम्कीको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले सखी उपन्यासले थारू र पहाडी समुदायबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन योगदान पुर्‍याउने चर्चा गरे । सो अवसरमा उपन्यासकार जोशीलाई सम्मान समेत गरिएको थियो । उपन्यासमा मुख्य पात्रका रूपमा रहेकी किस्मती चौधरी नाम  … Read more