Category: सुदूरपश्चिम प्रदेश


उपक्षेत्रीय अस्पतालमा बिरामीको चाप

डडेल्धुरा । डडेल्धुरामा रहेको उपक्षेत्रीय अस्पतालमा केही दिनदेखि बिरामीको चाप बढेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शिवराज पनेरूले अस्पतालमा अहिले दैनिक तीन सयभन्दा बढी बिरामी आउने गरहेको बताए । ५० सैयाको सो अस्पतालको ओपिडीमा हाल सरदर एक सय ५० देखि दुई ५० सम्म र आकस्मिक कक्षमा ३० देखि ५० जनासम्म बिरामी उपचारका लागि आउने  … Read more

मतदाता नामावलीमा नाम दर्ता गराउन उत्साह

अछाम । अछाम जिल्लामा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता कार्यमा मतदाताहरूको उत्साह देखिएको छ । आगामी दिनमा हुने प्रदेश र संघीय निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा त्रुटि सच्यााउने कार्य सञ्चालन गरेपछि अछाममा नामावली दर्ता गर्नेको संख्या उत्साहजनक देखिएको हो । साउन १ गतेदेखि १५ गतेसम्मका लागि जिल्लाभरीका लागि जिल्ला निर्वाचन कार्यालय  … Read more

बैतडीका स्वास्थ्य संस्थाहरूमा औषधि अभाव

बैतडी । बैतडीका प्राय: स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव भएको छ । प्राय:स्वास्थ्य संस्थाहरूमा वैशाखदेखि नै औषधि अभाव हुन थालेको स्वास्थ्यकर्मीहरूले जनाएका छन् । सरकारले स्वास्थ्य चौकीमार्फत ३६ प्रकारका औषधि नि:शुल्क रूपमा उपलब्ध गराउने भने पनि अत्यावश्यक औषधि अभाव रहेको हाट स्वास्थ्य चौकी इञ्चार्ज विनोदकुमार कुँवरले बताए । जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज  … Read more

ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

अछाम । अछामको साँफेबगरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ट्रयाक्टर साँफेबगर नगरपालिका–८ को मटेनामा दुर्घटना भएको हो । दुर्घटना हुँदा गाडी चालक बलबहादुर ठकुल्लाको ज्यान गएको छ । यस्तै, दुर्घटनामा ७ जना घाइते भएका छन् । घाइते हुनेमा साँफेबगर–८ का १७ वर्षिया नारायण कुँवार, ३२ वर्षिया फिरज मियाँ,६८ वर्षिया लता कुँवर,  … Read more

बडीमालिका यात्रा रमाइलो तर चुनौतिपूर्ण

विभिन्न फूलहरू, अच्चमका रुखविरुवा, आश्चर्य लाग्ने खालका ढुंडा, पुराना गोठहरू, अनौठा चट्टान, ठूला मैदान, दलदले जमिन वा सिमसार क्षेत्र, त्रिवेणी नदी, खेतीवेती, कर्णाली नदी, सान्नी रास्कोट, त्रिवेणीबाट तेस्रो तप्पड कटेपछि नौमाने डाँडा, लौरिविनायक जहाँ यात्राका बेलाको लठ्ठी चढाउने गरिन्छ, जोगी पहिरो, जोगीढुंगाबाट, बासुधारा अर्थात् सहस्रधारा, बडीमालिका मन्दिर । मन्दिर पछाडिबाट देखिने दृश्य । धर्मद्वार, धवलपुरी  … Read more

पौने दुई सय मुक्त हलिया पुनस्र्थापित

दार्चुला । दार्चलामा एक सय ७५ जना मुक्त हलियाहरु पुनस्र्थापित भएका छन् । आर्थिक वर्ष २०७०/०७१ देखि सञ्चालन भएको मुक्त हलिया पुनस्र्थापना अन्तर्गत उनीहरूको बसोबास व्यवस्था गरिएको जनाइएको छ । दार्चुलामा चार सय ५५ जना मुक्त हलिया रहेको जिल्ला मालपोत कार्यालय दार्चुलाका मालपोत अधिकृत अमरसिंह कुँवरले जानकारी दिए । आर्थिक वर्ष २०७३/०७४ मा जग्गा खरिदको  … Read more

भेडापालक जुटे मौसमी होटल व्यावसायमा

बझाङ । परम्परागत रूपमा भेडापालन पेसा गर्दै आएका बझाङको दुर्गम हिमाली गाउँपालिका काँडाका अधिकांस बासिन्दा अहिले मौसमी होटल व्यावसायमा जुटेका छन् । कुनैबेला भेडा च्याङग्राबाट खाद्यान्न, नून र अन्य सामान गाँउगाँउमा ढुवानी गरेर गुजारा गर्दै आएका काँडाबासी अहिले बझाङदेखि चीनको तिब्बतमा समेत अस्थायी होटल चलाइरहेका छन् । ‘भेडा पालेर धेरै दु:ख पाइयो’ काँडा गाउँपालिका–६, धुलीका  … Read more

प्राकृतिक प्रकोपबाट तीन करोड बढिको क्षति

अछाम । अछाममा आर्थिक वर्ष २०७३/७४ आगलागी, बाढिपहिरो, हावाहुरी, चट्याङ आदिबाट तीन करोड रुपैयाँ बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार जिल्लाका विभिन्न ठाउँमा आगलागी, बाढीपहिरो, हावाहुरी, चट्याङ, जंगली जनावर लगायतबाट तीन करोड १५ लाख ६७ हजार रुपैयाँ बराबराको क्षति भएको छ । सबैभन्दा बढी हावाहुरीका कारण एक करोड १७ लाख ५९  … Read more

प्रसूति केन्द्रलाई सामग्री हस्तान्तरण

डडेल्धुरा । डडेल्धुराकाको अजयमेरु गाउँपालिका वडा नम्बर १ समैजी स्वास्थ्य चौकीमा प्रसूति गृह (वर्थिङ सेन्टर) सञ्चालनका लागि मंगलबार आवश्यक सामग्री हस्तान्तरण गरिएको छ । केयर नेपालको र नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ डडेल्धुराको संयुक्त साझेदारीमा सञ्चालित सम्मान परियोजना अन्तर्गत ती सामग्री प्रदान गरिएको जनाइएको छ । कार्यक्रमका वडाध्यक्ष दत्तिसिंह भण्डारीलाई संस्थाका प्रतिनिधिहरूले ती सामग्री  … Read more

भारतीय सीमानाकामा नेपालीमाथि ज्यादती बढ्दो

कञ्चनपुर । कञ्चनपुरसंग सीमा जोडिएको भारतीय बजार वनबसा र सीमानाकामा नेपाली नागरिकहरूमाथि भारतीय प्रहरीको ज्यादती बढ्दो क्रममा रहेको छ । भरखरै भारतबाट घर फर्किरहेका सुर्खेतका भोजराजलाई भारतीय प्रहरीले चेकजाचको बहानामा पैसा लुटपाट गर्नुका साथैे कुटपिट गरेका हुन । भारतीय प्रहरी नरेश कोहली लगायतको प्रहरीको टोलीले आफूसंग रहेको रकम लुट्नुका साथै कुटपिट गरेको पीडित भोजराजले बताए  … Read more