Category: सुदूरपश्चिम प्रदेश


आलूखेती तथा बगर खेती प्रदर्शन

धनगढी । धनगढीको जुगेडामा सोमबार स्थानीय जातको आलु खेती र बगर खेती प्रदर्शनी भएको छ । सो अवसरमा प्रदर्शनीको अवलोकन तथा अभिमुखीकरण भएको थियो । फाया नेपालद्वारा सञ्चालित क्षेत्रीय खाद्य सुरक्षा सुशासन कार्यक्रमअन्तर्गत धनगढी उपमहानगरपालिका—११, जुगेडाका राना समुदायका कृषक महिलाहरूले गरेको आलु खेती र वगरखेतीको जिल्ला कृषि विकास कार्यालय। कैलालीका बाली संरक्षण अधिकृत कोमल शाही  … Read more

दुर्घटना न्युनिकरणसम्बन्धी प्रशिक्षण

धनगढी । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, बस इकाईको आयोजनामा सोमबार धनगढीमा दुुर्घटना न्युनिकरण सम्बन्धी प्रशिक्षण कार्यक्रम भएको छ । प्रशिक्षणमा यातायातसंग आवद्ध व्यावसायी तथा मजदुरहरूको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रम उद्घाटनका क्रममा नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय महासचिव भीम ज्वालाराईले पछिल्लो तीन महिनाको अवधिमा सवारी दुर्घटनामा तीन सय ८५ जनाको.ज्यान गएको उल्लेख  … Read more

कोरियनद्धारा विद्यालय निरिक्षण

भजनी । भजनी त्रिशक्ति नगरपालिका–३, पगियापसारस्थित महेन्द्र माध्यमिक विद्यालयमा रहेको पुस्तकालयको ब्यूटीफुल स्टोरकी हाना किमले निरिक्षण गरेकी छिन् । ब्यूटीफुल स्टोरको सहयोगमा फाया नेपालले सो विद्यालयमा पुस्तकालयको स्थापना गरेको छ । ०७० सालमा स्थापना भएको पुस्तकालयका लागि ब्यूटीफुल स्टोरको सहयोगमा फाया नेपालले तीन कोठे भवन बनाउनुका साथै डेस्कटप कम्प्युटर थान सात, ल्यापटप पाच, ब्याट्री ब्याकप,  … Read more

शुभकामना कार्यक्रम

बौनिया । कैलाली सडकपुर बौनियामा माघीको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम भएको छ । बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा सो कार्यक्रम भएको थियो । कार्यक्रम बजार व्यवस्थापन समितिका अध्यक्ष रुपक सुनारको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वडा नम्बर १ देखि ९ सम्मका भलमन्साहरूका संयोजक भोजु डगौरा प्रमुख अतिथि रहेका थिए । सो अवसरमा व्यवस्थापन समितिका सचिव चेतराज  … Read more

अन्तर्राष्ट्रिय सुदूरपश्चिमेली समाजको समिति विस्तार

धनगढी  ।  विश्वभरि छरिएर रहेका सुदूरपश्चिमेलीलाई एक ठाउँमा ल्याउन अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको समिति विस्तार गरिएको छ । आइतबार बसेको समाजको बैठकले जापानमा कार्यरत भरत नेगीको संयोजकत्वमा ३५ सदस्यीय कार्यसमिति विस्तार गरेको छ । जसको उपसंयोजकमा लोकेन्द्र बम, सदस्य सचिव अमृत शाही रहेका छन् । कोरियाबाट कमल शाही, जापानबाट आशिष् रावल, युएइ लक्ष्मण अधिकारी, मलेसिया  … Read more

एक्सिलेन्ट अवार्डबाट सम्मानित प्राचार्य भट्ट भन्छन्– सम्मानसंगै दायित्व

सुदूरपचिमकै अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित धनगढीस्थित ऐश्वर्य विद्या निकेतनका प्राचार्य धर्मदेव भट्टलाई पिपल्स च्वाइस–२०१६, एक्सिलेन्ट अवार्डद्वारा उत्कृष्ट प्राचार्य र शिक्षा विज्ञका रूपमा सम्मान गरिएको छ । उनले ऐश्वर्य विद्या निकेतनलाई सर्वोत्कृष्ट शिक्षण संस्था बनाउन महत्त्वपूर्ण योगदान दिएको मूल्याङ्कन गरेर सो संस्थाले सम्मान गरेका छ । ‘शैक्षिक क्षेत्रमा काम गर्ने हामीहरूलाई समाजले गर्ने सम्मान हाम्रा  … Read more

भुवा पर्व शुरु

बाजुरा  ।  तरवार, ढाल नचाउँदै देउडा र मागल गीतका साथ भूवा पर्व शुरु भएको छ । सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ लगायतका जिल्लामा धुमधामसंग मनाइने भूवा पर्व हरेक वर्ष पुस औंसीबाट शुरु हुन्छ । सुदूरपश्चिमका मौलिक सांस्कृतिक चाडपर्वमध्ये भूवा पर्व पनि प्रमुख हो । शुक्रबारबाट शुरु भएको भूवा पर्व परम्परागत ढंगले राको (मसाल) सल्काएर आरम्भ भएको  … Read more

बालमैत्री कक्षाको जिशिअद्वारा अनुगमन

डडेल्धुरा । डडेल्धुराका प्राथमिक विद्यालयहरूमा सचांलनमा रहेका बालमैत्री कक्षाहरूलाई जिल्ला शिक्षा अधिकारीले अनुगमन निरिक्षण गरेका छन् । प्राथमिक विद्यालयहरू बालमैत्री वतावरणमा कक्षाकोठा व्यवस्थित गरी अध्यापन गराउनु पर्ने भए पनि जिल्लाका धेरै विद्यालयहरू कक्षाकोठाको अभाव र कक्षामा आवश्यक पर्ने कार्पेट जुटाउन नसकिए पनि शिक्षकहरू बालमैत्री वतावरणमा विद्यार्थीको ईच्छा र रुचीमा आधार भएर शिक्षण गरिरहेको जिशिअ वसन्तकुमार  … Read more

जनसरोकारका मुद्दामा बढी ध्यान दिनुपर्‍यो

महेन्द्रनगर । समाजका विभिन्न पक्षले पत्रकारिता क्षेत्रले अझ बढी जनसरोकारका मुद्दामा ध्यान दिनुपर्ने बताएका छन् । मंगलबार कञ्चनपुरमा भएको एक कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिले भने– जिल्लामा सञ्चारकर्मी तथा सञ्चार माध्यमले समाचार सामग्री, प्रस्तुति, लेखनशैली, भाषा आदिमा गम्भीर ध्यान दिनु आवश्यक छ । सञ्चार प्रतिष्ठान नेपाल, कैलालीको आयोजनामा स्थानीय मिडियामा समाचार सामग्रीमा विविधकरण तथा समावेशीकरणको अवस्थाका  … Read more

महसुल नबुझाउनेको लाइन काटिँदै

धनगढी । नेपाल विद्युत प्राधिकरण, धनगढीले लामो समयदेखिको वक्यौता महसुल नबुझाउने ग्राहकको विद्युत लाइन काट्ने कार्यलाई तीव्र बनाएको छ । प्राधिकरणले पछिल्ला चार महिनाको अवधिमा चार सय ८८ ग्राहकको विद्युत लाइन काटेको जनाएको छ । प्राधिकरणले गत साउनदेखि कार्तिक महिनासम्म ती ग्राहकको विद्युत लाइन काटेको जनाएको छ । प्राधिकरणले दुई महिनाभन्दा बढी समयदेखि महसुल नबुझाउने  … Read more