Category: सुदूरपश्चिम प्रदेश


ग्याँस पट्किदा मिठाई पसलमा आगलागी

कञ्चनपुर । खाना पकाउने ग्याँस पट्किदा कञ्चनपुरको बेलडाँडीको एक मिठाई पसलमा आगजगी भएको छ । बेलडाँडी गाउँपालिका–२ बेलडाँडी बजारमा रहेको समैजी डेरी तथा मिठाई भण्डारको स्टोरमा रहेको रेडियण्ट ग्याँस सिलिण्डर बिहिबार राती पटकिएको हो । आगलागीबाट पसलको सामान जलेर नष्ट हुनुका साथै घर चट्किएको छ । मिठाई पसलका संचालक बाबु विष्टले दुई दिन अघि रेडियण्ट  … Read more

व्यवस्थित पार्किङ स्थल प्रयोग गर्दैनन् सवारी चालक

धनगढी । व्यवस्थित सवारी पार्किङको प्रयासस्वरूप धनगढी उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रमा हलुका सवारी साधानका लागि नि:शुल्क पार्किङ स्थल तोके पनि प्राय: सवारी साधन चालकले चासो दिने गरेका छैनन् । बरु बजारमा जहाँतही जथाभावी ढंगले सवारी साधन खडा गर्ने प्रवृत्तिले भने निरन्तरता पाइरहेको छ । धनगढी उपमहानगरपालिकाले केही महिनाअघि पशुसेवा कार्यालय, जिल्ला प्रशासन कार्यालय अगाडीको सडक  … Read more

भीमदत्त नगरपालिकामा करदाता शिक्षा कार्यक्रम सुरु

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा हाम्रो नगर, हाम्रै कर, समृद्ध बनाउने हाम्रै रहर भन्ने नारा सहित करदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ । नगर वासिन्दालाई कर सम्बन्धी सचेतना जगाउन भीमदत्त नगरपालिका वडा नं. १९ बाट कार्यक्रम सुरु गरिएको हो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले बागफाँटास्थित पञ्चकृत माध्यमिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा करदाता शिक्षा कार्यक्रमको  … Read more

एउटै वडाबाट लाखौंको बन्दा निकासी

बैतडी । तरकारीका लागि पकेट क्षेत्रका रूपमा परिचित बैतडीको दशरथचन्द नगरपालिका वडा नम्बर १ बाट १० लाख रुपैयाँ भन्दा बढीको बन्दागोभी तरकारी निकासी भएको छ । दुई महिनाको अवधिमा वडा नम्बर १ बाट १० लाख रुपैयाँ भन्दा बढीको बन्दागोभी तराईका जिल्लामा निकासी भएको किसान कृष्णदत्त भट्टले जानकारी दिए । पछिल्लो समयमा किसान व्यावसायिक तरकारी खेतीमा  … Read more

धार्मिक तथा सांस्कृतिक सचेतनाका लागि भ्रमण

बाजुरा । परम्परागत मानसिकता भएका धामीझाँक्रीका लागि बाजुराको गौमुल गाउँपालिकाले धार्मिक तथा सांस्कृतिक सचेतनाका लागि अध्ययन भम्रण शुरु गरेको छ । गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले अध्ययन भ्रमणका क्रममा मनोक्रान्तिका अभियन्ता विकासानन्दबाट प्रवचनका साथै पशुपतिनाथ, लुम्बिनी, बौद्ध, स्वयम्भूलगायत क्षेत्रको भ्रमण गराइने बताए । भ्रमण कात्तिक १४ गतेसम्म हुने बताइएको छ । भ्रमणमा गाउँपालिकाका सबै छ वडाका  … Read more

धनगढीको मुख्य बजारमा आगलागी

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्वर २ मा रहेको गणेश लक्ष्मी इन्टरप्राइजेजको गोदाममा आगलागी भएको छ। गणेश लक्ष्मी र सरस्वती इन्टरप्राइजेजको माथिल्लो तलामा रहेको जुत्ताको गोदाममा आगलागी भएको हो। एक्कासी दिउँसो करिब पौने चार बजे आगलागी भएकोमा झण्डै एक घण्टापछि मात्रै आगो नियन्त्रणमा आएको थियो। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी तथा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाका ४  … Read more

डिसिए टोली खेल भम्रणका लागि मुम्बई

धनगढी । धनगढी क्रिकेट एकेडेमी (डिसिए) को टोली खेल भम्रणका लागि आइतबार मुम्बई गएको छ । टोलीलाई धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले एक कार्यक्रमकाबिच दोसल्ला ओढाएर विदाई गरेको हो । सो अवसरमा बोल्दै नगर प्रमुख वडले खेलबाटै राष्ट्रको पहिचान रहेको बताए । ‘खेललेनै कुनै पनि क्षेत्रलाई चिनाउन तथा पहिचान गराउन महत्वपूर्ण भुमिका खेल्छ’ नगर  … Read more

धनगढी–दिपायल द्रुतमार्ग यसै वर्ष सञ्चालनमा आउछः मुख्यमन्त्री भट्ट

धनगढी । देशभर नागरिकहरु दशैं तिहार मनाइरहेका बेला सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्री राष्ट्रिय महत्वको धनगढी–दिपायल द्रुतमार्ग निरीक्षण गरेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकास मन्त्री दीर्घ सोडारीले शनिबार धनगढीदेखि गाेदावरी नगरपालिका वडा नं. ४ मा पर्ने चौकीगडासम्म पुगेर सो मार्गको अवस्था बुझेका हुन् । २०६४ बाट मार्गको ट्रयाक खोल्ने काम  … Read more

साइपाल हिमाल आरोहण शुरु (फाेटाे फिचर र भिडियाे सहित)

धनगढी । सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा रहेको साइपाल हिमाल श्रृखला आरोहण शुरु भएको छ । विभिन्न मुलुकबाट साइपाल आरोहणमा जान बिहीबार धनगढी आइपुगेको टोलीलाई प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले नेपाली झण्डा दिएर विदाइ गरेकी छन । सो अवसरमा बोल्दै मन्त्री भट्टले पाँच बर्षअघि आरोहणका लागि खुला गरिएको साइपाललाई चिनाउन गरिएको प्रयास प्रशंसनिय  … Read more

डुंगा पल्टिदा हराएका व्यक्तिकाे खाेजी कार्य जारी

चिसापानी । कर्णाली नदिमा डुङ्गा सोमबार साँझ डुंगा पल्टिदा वेपत्ता भएका दुई जनाकाे खाेजी कार्य जारी छ । स्थानीय प्रहरी, सशस्त्र प्रहरी,  नेपाली सेनाकाे ठूलाे टाेलीले खाेजी गरिरहकाे छ । इलाका प्रहरी कार्यालय लम्की, सशस्त्र प्रहरी डुडेझारी, नेपाली सेना गाेरंगेकाे टाेलीले कर्णालीमा मंगलबार बिहानैदेखि खाेजी रहेकाे हाे । डुङ्गामा रहेका कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ५  … Read more