Category: सुदूरपश्चिम प्रदेश


नेविसंघको चुनावमा भोट हाल्न आएका विद्यार्थी अनेरास्ववियुमा प्रवेश

बैतडी । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को जिल्ला चुनावमा मत खसाल्न आएका प्रतिनिधिहरूले अनेरास्ववियु प्रवेश गरेका छन् । शनिवार पुर्व एमाले पार्टी कार्यालयमा रौलेश्वर माविका एकाई अध्यक्ष गोपाल बानियाको नेतृत्वमा नेविसंघको चुनावमा भोट हाल्न आएका २५ जना प्रतिनिधिले अनेरास्ववियु प्रवेश गरेका हुन् । विद्यद्यार्थीहरूको हकहितमा काम गर्ने कुनै योजना नल्याएको र  … Read more

परशुराम धार्मिक, पर्यटन महोत्सव हुँदै

धनगढी । डडेल्धुराको परशुराम नगरपालिकामा रहेको परशुराम धाममा ‘परशुराम धार्मिक, पर्यटन महोत्सव, २०७५’ हुने भएको छ । परशुराम धार्मिक, पर्यटन महोत्सव मूल आयोजक समितिले शुक्रबार धनगढीमा आयोजना गरेको एक कार्यक्रममा आगामी ३० गतेदेखि माघ ८ गतेसम्म महोत्सव सञ्चालन हुने जानकारी दिइयो ।परशुराम धार्मिक, पर्यटन महोत्सव मूल आयोजक समिति संयोजक तथा परशुराम नगर प्रमुख भीमबहादुर साउँदले  … Read more

मुख्यमन्त्रीद्वारा स्थानीय तहको सीमा विवादबारे चासो

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीका स्थानीय तहहरूबीचको सीमा विवादबारे चासो देखाएका छन् । मुख्यमन्त्री भट्टले बिहीबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा स्थानीय तहका प्रमुखहरूसँग जिल्लाका स्थानीय तहहरूसँग सीमा विवादबारे छलफल गरेका हुन् । उनले स्थानीय तहहरूबीचको सीमा विवाद छलफलबाट टुंग्याउन पहल गर्ने बताए । मुख्यमन्त्री भट्टले सीमाबारे विवादमा रहेका स्थानीय तहका प्रमुखहरूलाई आपसी  … Read more

कैलाली उद्योग वाणिज्य संघमा तीन प्यानलको उम्मेदवारी दर्ता (अध्यक्षका उम्मेदवारहरूकाे भिडियाे अन्तरवार्ता)

धनगढी । कैलाली उद्योग वाणिज्य संघको निर्वाचनका लागि तीन वटा प्यानलले उम्मेदवारी दर्ता गराएका छन् । संघको वर्तमान कोषाध्यक्ष पुष्पराज कु“वर, महासचिव रूपेश स्वाँर र सदस्य डिल्लीराज अवस्थीको प्यानलले उम्मेदवारी दर्ता गराएका हुन् । पुष्प कुँवर, अध्यक्ष उम्मेदवार डिल्लीराज अवस्थी, अध्यक्ष उम्मेदवार रूपेश स्वाँरअध्यक्ष उम्मेदवार अध्यक्षका उम्मेदवार कु“वरको वाणिज्य उपाध्यक्षमा गगन केसी, उद्योग उपाध्यक्षमा पुष्करराज ओझा,  … Read more

धनगढी विमानस्थल पुनः सञ्चालन

धनगढी । धावनमार्ग मर्मतका लागि बन्द गरिएको सुदूरपश्चिम प्रदेशका सबैभन्दा ठूलो र व्यस्त धनगढी विमानस्थल आठ दिनपछि सूचारु भएको छ । धावनमार्ग मर्मत कार्य सम्पन्न भएपछि विमानस्थल नियमितमा सुचारु भएको र नियमित रुपमा उडान भर्न थालिएको विमानस्थल प्रशासनले जनाएको हो । धनगढी नागरिक उड्डयन कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले मर्मत सकिएपछि बुधबारबाट पूर्ववत् रुपमा उडान भइरहेको  … Read more

गैसस महासंघ प्रदेश समिति अध्यक्षमा खनाल

धनगढी । गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेश समितिको बुधबार धनगढीमा बसेको बैठकले देवीप्रसाद खनाललाई अध्यक्षमा चयन गरेको छ । महासंघका प्रदेश समिति अध्यक्ष भवराज रेग्मी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इञ्चार्जमा निर्वाचित भएपछि रिक्त रहेको अध्यक्ष पदमा उपाध्यक्ष रहेका खनाललाई अध्यक्षमा बढुवा गरिएको हो । खनाल अध्यक्ष भएपछि रिक्त रहेको उपाध्यक्ष पदमा बैठकले बाजुराका नीर शाहीलाई  … Read more

महिलाका लागि आधारभूत तालिम

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा मंगलबारदेखि महिलाका लागि आधारभूत तालिम सञ्चालन भएको छ । बेलडाँडी गाउँपालिकाको आर्थिक सहयोगमा महिला तथा बालबालिका शाखाको आयोजनामा सो तालिम सञ्चालन भएको महिला तथा बालबालिका शाखा प्रमुख कमला जोशीले जानकारी दिइन् । तालिममा गाउँपालिकाका प्रत्येक वडाका पाँच जनासहित ३० जना महिलाको सहभागिता रहेको छ । तालिममा महिलामा शैक्षिक जागरण तथा  … Read more

सवारी दुर्घटनामा चालकको मृत्यु

बैतडी । बैतडीको पुर्चौडी नगरपालिका वडा नम्बर ६ भूमिराजमा जीप दुर्घटना हुँदा चालकको ज्यान गएको छ । मंगलबार दिउँसो पुर्चौडीबाट धनगढीका लागि छुटेको से १ च १५७२ नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटना हुँदा डोटी जोरायलका २८ वर्षका जीप चालक कमल सुनारको ज्यान गएको छ । जीप सडकभन्दा झण्डै ५ सय मिटर तल  … Read more

बृहत सांस्कृतिक कार्यक्रम

डोटी । डोटीको जोरायल गाउँपालिका बाँजिलेकमा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । मगर संग्रहालय स्थापना गर्नका लागि सो कार्यक्रम आयोजना गरिन लागेको सो गाउँपालिका वडा नम्बर ४ का स्थानीय तथा सुदूरपश्चिम प्रदेश सचिवालय सदस्य महेन्द्र थापाले जानकारी दिए । उनका अनुसार ‘मगर भाषा, संस्कृति संरक्षण–संवद्र्धन मगरहरूको मूल मन्त्र, मगरात पहिचान र स्वायत्व शासनसहितको  … Read more

अतिक्रमण हटाउन संयुक्त अभियान

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सरकारी जग्गामा भइरहेको अतिक्रमण खाली गर्न माग गर्दै प्रमुख राजनीतिक दलका भातृ संगठनहरूले संयुक्त अभियान थालेका छन् । महेन्द्रनगर नगर विकास समितिको जग्गामा प्रक्रिया मिचेर अवैधानिक तरिकाले निर्माण कार्य भइरहेको भन्दै भातृ संगठनहरूले संयुक्त अभियान अघि बढाइएको जनाइएको छ । उनीहरूले नगर विकास समितिका पदाधिकारीले लिजका नाममा अवैधानिक तरिकाले सरकारी जग्गा  … Read more