Category: सुदूरपश्चिम प्रदेश


जेष्ठ नागरिकको हेरचाह सम्वन्धी कार्यशाला

धनगढी । जेष्ठ नागरिकको स्वास्थ्य तथा हेरचाह र सहायता सम्वन्धी एक दिने परिचयात्मक कार्यशाला शुक्रबार धनगढीमा भएको छ । नेपालमा समावेशी प्रकोप उत्थानशिल प्रयासहरुबाट जोखिमपूर्ण समूदायको पूर्व तयारी स्थिति निर्माण परियोजना अन्र्तगत हेल्पेज इन्टरनेशनलको सहयोगमा फाया नेपाल कैलालीद्धारा आयोजित सो कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नम्बर १०, १५ र १८, गौरीगंगा नगरपालिकाका १ र ७ नम्बर  … Read more

सुर्मामा महोत्सव सञ्चालन

बझाङ । सुर्मा गाउँपालिकामा पर्यटक भित्र्याउने उद्देश्यले महोत्सव सञ्चालन गरिएको छ । सुर्मा गाउँपालिकामा रहेका सुर्मा सरोबर ताल, तातोपानी तथा धार्मिक मेला विरीजात सहितका पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सब संचालन गरिएको स्थानीय दिनेशबहादुर बोहराले बताए । युनिक मोशन युवा समाजको आयोजनामा मंगलबारदेखि महोत्सव भइरहेको छ । महोत्सवमा दोहोरी गायिका राधिका हमाल, गायक मनिष खड्का,  … Read more

सफल भएन साइपाल आरोहण (भिडियोसहित)

बझाङ । पहिलो पटक गरिएको साइपाल आरोहण प्रयास असफल भएको छ । बझाङ जिल्लामा रहेको सात हजार ३१ मिटर अग्लो साइपाल हिमाल आरोहण गर्न २५ दिनअघि गएको अमेरिकी र क्यानेडियन आरोहीहरूको टोली चुचुरोमा पुग्न नसकेर फर्किएको छ । पहिलो पटक साइपाल आरोहणको प्रयास भएको थियो । अमेरिकी नागरिक फोरेस्ट सी कोट्सको नेतृत्वमा रहेको आरोहीहरूको टोली  … Read more

सशस्त्र प्रहरी जवान सेती नदीमा नुहाउने क्रममा बेपत्ता

बझाङ । शसत्र प्रहरी जवान सेती नदीमा बगेर बेपत्ता भएका छन् । आज दिउसो सेती नदीमा नुहाउने क्रममा कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका घर भएका २३ वर्षिया राजेन्द्र बुढा सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएको प्रहरी नायब उपरिक्षक प्रविण धितालले बताए । बेपत्ता सशस्त्र प्रहरी जवान बुढाको खोजी कार्यका लागि जिल्ला प्रहरी कार्यलयबाट प्रहरीको टोली, नेपाली  … Read more

‘वायुसेवा निगमको कार्यतालिका सार्वजनिक भइसक्यो’

अछाम । प्रतिनिधिसभा सदस्य भीमबहादुर रावलले नेपाल वायुसेवा निगमले साँफेबगरमा हवाईसेवा सञ्चालनका लागि वायुसेवा निगमले कार्यतालिका सार्वजनिक गरिसकेको बताएका छन् । पार्टी तथा विभिन्न कार्यक्रममा सहभागी हुन अछाम पुगेका नेकपाका स्थायी समिति सदस्य समेत रहेका रावलले साँफेबगर विमान स्थलमा सञ्चारकर्मीहरूसँग बुधबार कुरा गर्दै धेरै वर्षसम्म बन्द अवस्थामा रहेका कारण केही ढिलाई भएको र आगामी दिनमा  … Read more

जीप दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

डडेल्धुरा । डडेल्धुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला सदरमुकाम डडेल्धुराबाट गन्यापधुरा गाउँपालिकातर्फ गइरहेको से १ ज ३११ नम्बरको जीप गन्यापधुरा गाउँपालिका–२, मैलोडामा दुर्घटना हुँदा कुमारी देउवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन् । घाइते हुनेमा गन्यापधुरा गाउँपालिका २ का  … Read more

साइपाल हिमाल आरोही टोलीको भरियाको लडेर मृत्यु

बझाङ । साइपाल हिमाल आरोहण गर्न गएको टोलीको भारी बोकेर गएका एक सदस्यको मृत्यु भएको छ । साइपाल हिमालको आधार शिविरमा आरोही टोलीको भारी पुर्‍याएर घर फर्कने क्रममा मंगलबार बेलुका तल्कोट गाउँपालिका–३ का पुरन खत्रीको मृत्यु भएको हो । २७ वर्षिय पुरनको साइपाल हिमालको आधार शिविर औंलागाडबाट फर्कने क्रममा सुनपानीमा करिब तीन सय मिटर तल  … Read more

मानव बेचबिखनको आरोपमा २ पक्राउ, १ फरार

डडेल्धुरा । मानव बेचबिखनको आरोपमा डडेल्धुरा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । डोटी सायल गाउँपालिका–५ का ३८ वर्षीय शेरबहादुर साउँद र सोही ठाउँका ४० वर्षीय तेजबहादुर साउँदलाई प्रहरीले पक्राउ गरेको हो । एकजना फरार छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक डम्बरबहादुर केसीका अनुसार उनीहरूलाई डडेल्धुरास्थित एक होटलबाट सोमबार पक्राउ गरेका हुन् ।  … Read more

भीरबाट लडेर एक महिलाको मृत्यु

बझाङ । बझाङको तल्कोट गाउँपालिका वडा नम्बर ७ धामीगाउँमा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । पशुचौपायाका लागि स्याउला संकलन गर्ने क्रममा तल्कोट गाउँपालिका वडा नम्बर ७ का ३५ वर्षीया जानकीदेवी खड्का ऐरको मृत्यु भएको प्रहरीले जनाएको छ । वडा नम्बर ७ धामीगाँउ नजिकै रहेको जंगलमा पशुचौपायाका लागि स्याउला संकलन गर्ने क्रममा मंगलबार बिहान  … Read more

बाढीपहिरो पीडितको माग– जग्गा हस्तान्तरण प्रक्रिया अगाडि बढाऊ

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाका बाढीपहिरो पीडितका लागि खरिद गरिएको ४६ रोपनी जग्गा हस्तान्तरणको प्रक्रिया अगाडि बढाउन माग गरिएको छ । डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर २ र ३ मा २०६२ असोज ८ गते आएको अविरल वर्षापछि विस्थापित जीवन बिताउँदै आएका बाढी तथा पहिरो पीडितहरूले आफूहरूको पुनस्र्थापनाका लागि खरिद गरिएको जग्गा हस्तान्तरण गर्न माग दोहोराए  … Read more