Category: सुदूरपश्चिम प्रदेश


भीरबाट लेडेर एकको मृत्यु

बैतडी । बैतडीको सिगासमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार बैतडीको सिगास गाउँपालिका वडा नम्बर ३ को भूमिराज मन्दिर डुडैमा लागेको जात्रा हेर्न गएका वडा नम्बर ५ का २० वर्षका वीरे चुनाराको भिरबाट लडेर मृत्यु भएको हो । ‘मेलामा केही गलत काम भइरहेको’ भन्ने सूचना पाएपछि सिगास प्रहरी चौकीबाट खटिएको टोलीले  … Read more

नेविसंघद्वारा चक्काजाम

डडेल्धुरा । डडेल्धुरामा नेपाल विद्यार्थी संघले चक्काजाम गरेको छ । पक्राउ परेका आफ्ना नेताको रिहाइको माग राखेर विरोधमा उत्रिएको नेविसंघले डडेल्धुरामा चक्काजाम गरेको हो । मण्डन देउपुर नगरपालिकाको तपेश्वर उच्च माविका नेविसंघ इकाई सभापति कृष्ण ढकाललाई प्रधानमन्त्रीको तस्बिरको दुरुपयोग गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो । नेविसंघले उनलाई तत्काल रिहा गर्नुपर्ने माग गरेको छ ।  … Read more

अलपत्र बालिकाको उद्दार

दार्चुला । दार्चुलाको सदरमुकाम खलंगा बजारमा अलपत्र परेकी ११ वर्षीया एक बालिकाको प्रहरीले उद्धार गरेको छ । नौगाड गाउँपालिका–३, खार घर भएका ११ वर्षीया नारन्ती बडालको प्रहरीले सदरमुकाम खलंगाबाट उद्धार गरेको हो । गाउँबाट काकी नाता पर्ने कौसा ठगुन्नाले आफूसँगै सदरमुकाम खलंगामा कापी झोला खरिद गर्नका लागि ल्याएका बडाललाई खलंगा बजारमा अलपत्र छोडेका हुन् ।  … Read more

राष्ट्रिय अनुसन्धानको जिल्ला कार्यालय उद्घाटन

डोटी । डोटीको जिल्ला सदरमुकाम सिलगढीमा राष्ट्रिय अनुसन्धानको जिल्ला कार्यालय भवनको उद्घाटन गरिएको छ । मंगलबार एक कार्यक्रमबीच राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मीले कार्यालय भवनको उद्घाटन गरे । एक करोड तीन लाख रुपैयाँको लागतमा भवन निर्माण गरिएको राष्ट्रिय अनुसन्धानका डोटी प्रमुख गोविन्द पाण्डेले जानकारी दिए । आफनो भवन नहुँदा राष्ट्रिय अनुसन्धानका कर्मचारी  … Read more

निवर्तमान मन्त्रीले गरे नवनियुक्त मन्त्रीको स्वागत, मन्त्री सुवेदीद्वारा पदभार ग्रहण

धनगढी । सुदूरपश्चिम प्रदेशका निवर्तमान सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई मन्त्रालयमा स्वागत गर्नुका साथै कार्यकालको सफलताका लागि शुभकामना दिएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार मन्त्री सोडारीलाई पदमुक्त गरी प्रदेश सभा सदस्य सुवेदीलाई मन्त्री नियुक्त गरेका थिए । मन्त्री पदको सपथ ग्रहणपछि पदभार ग्रहण गर्न मन्त्रालय पुगेका  … Read more

सामाजिक विकास मन्त्री सोडारी पदमुक्त, सुवेदी नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई पदमुक्त गरी कृष्णराज सुवेदीलाई नियुक्त गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले सोडारीले पदमा रहादा पदीय मर्यादाको पालना नगरेको अभियोगमा फिर्ता बोलाई मंगलबार नै सांसद् सुवेदीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएको हो । सोडारीलाई पदमुक्त गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले सुवेदीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका  … Read more

सुदूरपश्चिमका पहाडी तीन जिल्लामा उद्योग खोल्ने : मन्त्री भट्ट

बैतडी । चालु आर्थिक वर्षभित्रै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला बैतडी, दार्चुला र डडेल्धुरामा तीन वटा उद्योग स्थापना गर्ने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टले बताएकी छन् । बैतडीको दशरथ चन्द नगरपालिका–५, सुन्दरखालीमा तेजबहादुर चन्द ट्रस्टद्वारा आयोजित नगरस्तरीय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यहाँको सम्भावनालाई मध्यनजर गर्दै सोहि व्यावसायमा आधिरित उद्योग खोल्ने बताइन् ।  … Read more

विद्यालयमा तोडफोड

दार्चुला । मार्मा गाउँपालिका–३ स्थित लटिनाथ उच्च माविमा अज्ञात समूहले तोडफोड गरेको छ । विद्यालयको कम्प्युटर कक्ष र प्रशासनको ताला काटेर तोडफोड गरिएको हो । सो घटना शुक्रबार भएको अनुमान गरिएको छ । तिहार सकिएर आइतबारदेखि विद्यालय सञ्चालन भएकाले घटना ढिलो थाहा भएको प्रधानाध्यापक भगीरथ विष्टले जानकारी दिए । विद्यालयको कम्प्युटर कक्षमा रहेका सात वटा  … Read more

आकर्षण बन्दै जैविक मार्ग

महेन्द्रनगर । भीमदत्त नगरपालिकामा निर्माण गरिएको रौटेला ब्रह्मदेब जैविक धार्मिक पर्यटकीय मार्ग अवलोकनका लागि आकर्षण बन्न थालेको छ । भीनमदत्त नगरपालिका वडा नं. १ बाराकुण्डादेखि ब्रह्मदेबसम्म निर्माण गरिएको जैविक मार्ग दैनिक रुपमा अवलोकन गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुुरेन्द्र विष्टले स्थानीय तह निर्वाचनमा गरिएको चुनावी प्रतिवद्धता अनुसार गत आर्थिक वर्ष रौटेलादेखि ब्रह्मदेबसम्म १८–२२  … Read more

सुदूरपश्चिममा भुकम्प

धनगढी । सुदूरपश्चिममा आइतबार दिउँसो भूकम्प आएको छ । दिउसो १२ बजेर ५२ मिनेटमा पाँच दशमलव एक र १२ बजेर ५९ मिनेटमा चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ । दार्चुलाको उत्तरी क्षेत्रमा पर्ने भारतको उत्तराखण्ड प्रदेशको खेला भन्ने स्थानलाई केन्द्रबिन्दु बनाएर ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका  … Read more