Category: बियानर -२


अत्तरियामा यमाहाको सोरुम

धनगढी । कैलालीको अत्तरियामा यमाहा मोटरबाईकले आफ्नो सोरुम सेवा आरम्भ गरेको छ । सोरुमको बुधबार एक कार्यक्रमबीच नेकपाका नेता लेखराज भट्टले उदघाटन गरे । अत्तरियाका लागि अधिकारिक बिक्रेता शुभकोटी मोटर्सले शोरुमले सेवा शुरु गरेको हो । शो रुममा यमाहा कम्पनीका बिभिन्न ब्राण्डका मोटरसाईकल, स्पेरपार्ट्स र सर्भीसिङको व्यवस्था समेत रहेको शुभकोटी मोटर्सका सञ्चालक समुन्द्र भण्डारीले बताए  … Read more

संगठन विस्तारका लागि उपयुक्त समय– शाह

धनगढी । नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह ‘मनु’ ले अहिलेको समय पार्टीको संगठन विस्तार तथा सुदृढीकरणका लागि उपयुक्त रहेको बताएका छन् । उनले पार्टीको तल्लो तहमा गुटउपगुटको लगभग अन्त्य भइसकेको र उपल्लो तहमा रहेको गुटबन्दी पनि समाप्तीतिर उन्मुख रहेको चर्चा गरे । नेपाली काँग्रेस धनगढी नगर समितिले मंगलबार यहाँ आयोजना गरेको दशैं, दिपावली, छठ  … Read more

सामाजिक विकास मन्त्री सोडारी पदमुक्त, सुवेदी नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीलाई पदमुक्त गरी कृष्णराज सुवेदीलाई नियुक्त गरेको छ । नेपाल कम्युनिष्ट पार्टीले सोडारीले पदमा रहादा पदीय मर्यादाको पालना नगरेको अभियोगमा फिर्ता बोलाई मंगलबार नै सांसद् सुवेदीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएको हो । सोडारीलाई पदमुक्त गर्दै मुख्यमन्त्री त्रिलोचन भट्टले सुवेदीलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका  … Read more

स्वास्थ्यप्रति सजग बन्दै एचआइभी संक्रमित

धनगढी । डोटीमा ७१५ जना एचआइभी संक्रमितले उपचारका क्रममा नियमित रूपमा एआरटी नामक औषधि सेवन गर्न थालेका छन् । नियमित औषधि सेवन गर्नेहरु फुर्तिलो भई सहज जीवनयापनमा सघाउ पुगेको छ । औषधि सेवन गरे अझै केही समय बाँच्न सकिन्छ भन्ने जानकारी पाएपछि आफूहरु लगातार रुपमा एआरटी नामक औषधि खान थालेको एआरटी औषधि खाइरहेका संक्रमित एक  … Read more

नेविसंघद्वारा विरोध प्रदर्शन

धनगढी । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सोमबार कैलालीमा विरोध प्रदर्शन गरेको छ । विरोध प्रदर्शनका क्रममा संघका कार्यकर्ताहरूले प्रधानमन्त्रीको पुत्ला समेत दहन गरे । नेविसंघ, कैलालीले प्रधानमन्त्रीको तस्बिर प्रयोग गरी बनाइएको कार्टुन फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ गरिएका काभ्रेका कृष्ण ढकालको रिहाईको माग गर्दै आन्दोलन गर्दै आएको छ । धनगढीमा भएको विरोध  … Read more

नेपाल संवत् ११३९ शुरु

काठमाडौँ  । नेपाल संवत् ११३९ बिहीबार देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई विशेषगरी नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेको विश्वास गरिन्छ । नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे,  … Read more

सम्पादकीय : सधैं दियो झैं झगमगाई रहोस्

हिन्दू धर्मावलम्बीहरूको घरआँगनमा यतिबेला तिहारको रमझम छाएको छ । यमपञ्चक, अथवा दिपावली, तिहार, लक्ष्मीपूजा र भाइटीकाका नामले चिनिने यो धार्मिक, सांस्कृतिक चाड बहुआयामिक छ । अर्थात्, धन, वैभवकी देवी महालक्ष्मीको पूजाआजा, आह्वान, उपासना यो चाडको केन्द्रीय पक्ष हो । सँगसँगै यो दिदीबहिनी र दाजुभाइ बीचको पवित्र नातालाई अझैं खँदिलो बनाउने अथवा दिदीबहिनीले दाजुभाइको दीर्घ, स्वस्थ  … Read more

हाइवे बालबाटिकालाई चौथो बर्दगोरिया सेती लोकमार्ग कप

बौनिया । हाइवे बालबाटिकाले चौथो बर्दगोरिया सेती लोकमार्ग कप फुटवलको उपाधि जितेको छ । मंगलबार सडकपुर बौनियामा भएको फाइनल खेलमा हाइवे बालबाटिकाले घोडाघोडी क्लव, सुखडलाई पाँच गोलका विरुद्ध छ गोल अन्तरले पराजित गर्दै उपाधि चुम्यो । उल्लेख्य दर्शकमाझ निकै प्रतिस्पर्धात्मक तथा रोमाञ्चक खेलको नतिजा पेनाल्टी सुटआउटबाट गरिएको थियो । निर्धारित समयमा दुवै टिमबाट कुनै गोल  … Read more

नवजात शिशु र सुत्केरी बचाउने सामग्री वितरण (भिडियाेसहित)

धनगढी । नवजात शिशु र सुत्केरीको जीवन रक्षाका लागि १८ वटा स्वास्थ्य संस्थाहरूलाई उपचार सामग्री वितरण गरिएको छ । सफा सुनौलो नेपाल र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले संयुक्त रूपमा आयोजना गरेको मिडवाईफरी तीन दिने तालिमको समापन कार्यक्रममा सोमबार स्वास्थ्य सामग्री वितरण गरिएको हो । हेल्पिङ्ग बेबिज ब्रिथ/हेल्पिङ्ग मदर्स सरभाइभ (बेब) कार्यक्रमले ‘मामाको नाताले’ लेखिएको झोला  … Read more

सम्पादकीय : स्वास्थ्य सेवा प्रवाहमा संकुचन ?

मुलुकमा राजनीतिक प्रणाली र शासकीय संरचना परिवर्तन भएपछि सार्वजनिक सेवा प्रवाहमा व्यापक सुधार आउने अपेक्षा गरिए पनि स्वास्थ्य सेवाको क्षेत्रमा भने झन् कठिनाई थपिएको तथ्यहरूले देखाइरहेका छन् । सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यका सूचकांकहरू गत आर्थिक वर्षमा कमजोर भएको अवस्था छ । स्वास्थ्य सेवाको जिम्मेवारी स्थानीय, प्रदेश र संघीय तीनै तह कसले निर्वाह गर्ने भन्ने मै अन्योल  … Read more