Category: बियानर-१


बिदामा पनि बैंक खुल्ने

धनगढी । दशैंका लागि सरकारले दिएको सार्वजनिक बिदामा पनि बैंकहरू भने खुला रहने भएका छन् । बैंकले आफ्ना ग्राहकको सुविधाको लागि सार्वजनिक बिदाका दिन पनि बैंकका नगद काउन्टर खुला गर्ने जनाएका छन् । सेन्चुरी कमर्सियल, प्रभु, जनता, नविल, नेपाल इन्भेष्टमेण्ट र सिद्धार्थ बैंकले धनगढी, टीकापुर र महेन्द्रनगरमा बिदाका दिनमा पनि काउन्टर खुल्ला गरिने जनाएका छन्  … Read more

चोरी पैठारी रोकिएन

धनगढी । दशैंतिहारका लागि भारतबाट चिनी, लत्ताकपडा तथा अन्य उपभोग्य सामग्री भित्रिने क्रम तीब्र भएको छ । नेपाल सरकारले असोजदेखि भारतबाट हुने चिनीको पैठारीमा भने रोक लगाएको छ । दशैंतिहार नजिकिएसँगै निकटवर्ती भारतीय बजारहरूबाट दैनिक साइकल, रिक्सा, अटोरिक्सा, मोटरसाइकल लगायतका सवारी साधनमा दैनिक ठूलो संख्यामा सर्वसाधारणले चिनी, लत्ताकपडा तथा अन्य उपभोग्य सामान ल्याइरहेका छन् ।  … Read more

ब्रेकिंग : कर्णालीमा डुंगा पल्टिदा दुई वेपत्ता

चिसापानी । कर्णाली नदिमा डुङ्गा सोमबार साँझ डुंगा पल्टिदा दुई जना बेपत्ता भएका छन । डुङ्गामा रहेका अरू तीन जनाले भने पौडी खेलेर ज्यान जोगाएका छन । डुङ्गामा रहेका कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ५ का २२ बर्षिय समिर बडेला र २३ बर्षिय पुरुषोत्तम चौधरी बेपता रहेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक दीपेन्द्र केसीले बताए  … Read more

दशै तिहार मनाउन फर्किएका नेपालीहरुलार्इ सीमानाकामा सजिलो (भिडियाेसहित)

धनगढी । भारतबाट दशै तिहार मनाउन फर्किएका नेपालीहरुले सीमा क्षेत्रमा सजिलो हुन थालेको महशुस गर्न थालेका छन् । सोमबार बिहान सीमा क्षेत्रको अनुगमनमा पुग्नु भएका कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ र सशस्त्र प्रहरी वलका प्रहरी नायव महानिरिक्षक नगेन्द्र थापासंग भारतबाट फर्किएका सर्बसाधारणले यसपटक सीमामा सहजता महशुस भएको बताएका हुन् । पहिले सँधै भारतिय सुरक्षाकर्मी  … Read more

यसरी गरौं प्रधानमन्त्रीलाई सहयोग

गएको शुक्रबार गोपाल खनालले चक्रपथ डटकममा लेख्नुभएको ‘प्रधानमन्त्रीलाई घेराबन्दीमा पार्ने असफल प्रयास’ शीर्षकको लेखका सन्दर्भमा यो लेख लेखिएकोले यो लेख पढ्नुअघि त्यो लेख पढ्न अनुरोध छ । गोपाल खनालको सो लेखाईको आसय प्रधानमन्त्री तथा नेकपा अध्यक्ष कामरेड केपी ओलीको महिमामण्डन गर्नु र उहाँ बाहेक अरू सबैको दोहलो काढ्नु नै देखिन्छ । लेखको सुरुवातमा नै पार्टीका  … Read more

नेपाल आइडल–२ : टप नौमा पुगेका रविको स्वागत

धनगढी । सुदूरपश्चिम प्रदेशबाट नेपाल आइडल सिजन–२ मा टप ९ मा पुग्न सफल रवि वडलाई आइतबार धनगढीमा भव्य स्वागत गरिएको छ । ‘रवि वड जिताउ अभियान’को आयोजनामा आइतबार धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड सहित स्थानीयले रविको स्वागत गरे । सो अवसरमा उनको सम्मानमा र्‍याली समेत निकालिएको थियो । रवि जिताउ अभियानका सदस्य निखील आचार्यले रविलाई  … Read more

विकास निर्माणलाई प्रकृतिमैत्री बनाउनुहोस्– प्रदेश प्रमुख मल्ल

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लले विकास निर्माण कार्यलाई प्रकृतिमैत्री बनाउन जनप्रतिनिधिहरूलाई आग्रह गरेका छन् । प्रदेश प्रमुख मल्लले जनप्रतिनिधिहरूसँग वातावरणीय सन्तुलनमा नकारात्मक असर पुर्‍याउने खालको विकास निर्माण कार्यप्रति सजग हुन पनि आग्रह गरे । “अहिले विकास निर्माणका नाममा प्रकृतिसँग निहु खोज्ने काम भएको देखिन्छ” शनिबार धनगढीमा आयोजित ‘मेयर लिडरसीप कन्फ्रेन्स– २०१८’ को उद्घाटन  … Read more

सुदूरपश्चिमको पहाडमा दलित र गरीब माथि बँधुवा श्रम यथावतः हलियामाथि बलियाको रजाइँ

‘गाउँ नै ऋणले बाँधिएको छ’ वसन्तप्रताप सिंह : खोज पत्रकारिता केन्द्रका लागि बझाङ । थलारा गाउँपालिका वडा नम्बर ६, विस्खेतका गोपाल नेपाली गाउँकै जोशी परिवारको घरमा हलिया थिए । बाजेका पालादेखिको ऋण चुक्ता गर्न नसकेपछि साहुको घरमा हलिया बसेका नेपालीको काम गर्दागर्दै थलिएर १२ वर्षअघि मृत्यु भयो । त्यसबेला गोपाल ४५ वर्षका थिए । गोपालको मृत्यु  … Read more

निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी- व्यवसायीहरू भन्छन् : अपेक्षा गरे अनुसार हुन सकेन

धनगढीमा बुधबारदेखि निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी–२०७५ जारी छ । प्रदर्शनी आज  समापन हुँदैछ । कैलाली हार्डवेयर व्यावसायी संघको आयोजनामा सञ्चालन भएको प्रदर्शनीमा ६० बढी स्टल रहेका छन् । पहिलो पटक आयोजना भएको प्रदर्शनीबारे निर्माण सामग्री तथा हार्डवेयर व्यावसायीहरूको अनुभव कस्तो रह्यो ? अनुमोदन दैनिकले केही व्यवसायीहरूको प्रतिक्रिया संकलन गरेको छ । प्रस्तुति : शेरबहादुर  … Read more

राजस्व संकलनमा बृद्धि

धनगढी । कैलाली भन्सार कार्यालयले गत वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा बढि राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिनामा कैलाली भन्सार कार्यालयले एक अर्ब १६ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्ष २०७४/०७५ को पहिलो तीन महिनामा ७९ करोड ५७ लाख रुपैयाँ  … Read more