Category: बियानर-१


प्रदेश सभाद्वारा शोक प्रस्ताव

धनगढी । सुदूरपश्चिम प्रदेश सभाले शोक प्रस्ताव पारित गरेको छ । मंगलबार बसेको प्रदेश सभाको ११ औं बैठकले उपचारको क्रममा फागुन १८ गते निधन भएका पूर्वउपप्रधान तथा अर्थमन्त्री भरत मोहन अधिकारी र हेलिकोप्टर दुर्घटनामा फागुन १५ गते ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उडड्ययनमन्त्री रवीन्द्र अधिकारीको निधनमा शोक प्रस्ताव परित गरेको हो ।बैठकमा सभामुख अर्जुन  … Read more

अंश लिने डरले बिवाह दर्ता गर्दैनन्ः उपप्रमुख भट्ट

धनगढी । धनगढी उपमहानगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक सुशिला मिश्र भट्टले बेलैमा घटना दर्ता नहुदा न्याय सम्पादनमा कठिनाई भैरहेको बताएकी छन् । धनगढी उपमहानगरपालिकाको न्यायीक समितिले आयोजना गरेको घटनादर्ता सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै संयोजक भट्टले सबैभन्दा बढी समस्या बिबहदर्ताको रहेको बताइन् । ‘न्यायिक समितिको संयोजक भएर काम गर्दा बुहारीले अंश लिने डरले बिवाह दर्ता  … Read more

महाशिवरात्रीमा अवान्छित क्रियाकलाप गर्ने १४ जना पक्राउ

धनगढी । प्रहरीले सोमबार कैलालीकाे विभिन्न स्थानबाट अवान्छित क्रियाकलाप गर्ने १४ जनालाई पक्राउ गरेको छ । प्रहरीले महाशिवरात्रीमा भाङ्को पकौडा, मिठाई लगायतका सामान बनाउने तथा विक्री गर्ने, होहल्ला गरेको लगायतका क्रियाकलापमा १४ जना पक्राउ गरेको हो । मन्दिरमा पूजा गर्न गएका दलित समुदायलाई पूजा गर्नबाट रोक लगाएको आरोपमा प्रहरीले एक जना पुजारीलार्इ पनि पक्राउ गरेकाे छ। सोमबार मन्दिरभित्र  … Read more

अश्द्धवाला क्षेत्रमा महाशिवारात्री मेला

डोटी । डोटी जिल्लाको प्रशिद्ध धार्मिक तिर्थस्थल अश्द्धवालामा महाशिवरात्री पर्वको अवसरमा भब्य मेला लागेको छ । डोटीको सायल गाउ“पालिकामा वडा नं. ५ मा पर्ने अश्द्धवालामा महाशिवारात्री पर्वको अवसरमा डोटी जिल्लाका साथै छिमेकी जिल्लाहरु बझाङ र बैतडीवाट समेत दर्शनार्थीहरु मेला भर्न आउने गरेका छन् । खप्तड क्षेत्रको त्रिवेणी मुहान भएर बग्ने शैलावतीनदी (सायलीगाड) किनारमा अवस्थित अश्द्धवालामा  … Read more

खैरेनीबाट अबैध काठ बरामद

बौनिया । बर्दगोरिया गाउपालिका–३ खैरेनीबाट कुलामा लुकाई छिपाई चिरान गर्दै गरेको काठ बरामद गरिएको छ । चिरान गर्दै गरेको २६ क्यु फीट तीन गोलिया काँचो सालको काठ आइतबार ईलाका वन कार्यालय रामपुरले बरामद गरेको हो । काठ चिरान गर्दै गरेको सूचना खैरेनीमा रहेको साईनिङ स्टार युवा क्लबले खबर दिएपछि इलाका वन कार्यालय रामपुरको टोली त्यहाँ  … Read more

कानुन निर्माणमा विज्ञताको अभाव: मन्त्री शाह

टीकापुर । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाहले प्रदेश सरकारलाई कानुन निर्माणका लागि विज्ञताको अभाव रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले आइतबार टीकापुरमा आयोजना गरेको चासो कानून निर्माणको अन्तरसम्वाद कार्यक्रममा मन्त्री शाहले संघीयताको नौलो अभ्यासमा प्रदेशमा कानुन निर्माणका लागि विज्ञताको अभाव रहेको बताएका हुन् । उनले विज्ञताको अभावमा  … Read more

मुख्यमन्त्री कप विजेतालाई १५ लाख रुपैयाँ पुरस्कार (भिडियो)

धनगढी । मुख्यमन्त्री कप विजेतालाई १५ लाख रुपैयाँ पुरस्कार दिने सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले घोषणा गरेको छ । आयोजक मन्त्रालयले आइतबार धनगढीमा पत्रकार सम्मेलन आयोजना गरी विजेतालाई १५, उपविजेतालाई ८ र तृतीयलाई ५ लाख पुरस्कार घोषणा गरेको हो । सामाजिक विकास मन्त्री कृष्णबहादुर सुवेदीले प्रत्येक स्वर्ण पदक विजेता खेलाडीलाई मेडल र प्रमाण पत्र सहित १०  … Read more

प्रहरीले शिवरात्री र होलीमा कडा सुरक्षा गर्ने (भिडियो सहित)

धनगढी । नजिएको पर्व शिवरात्री र होलीको बेला जिल्ला प्रहरी कार्यालयले कैलालीमा सुरक्षा व्यवस्था कडा बनाउने भएको छ । शनिबार समुदायसंग शिवरात्री र होलीको सुरक्षा व्यवस्थान सम्बन्धी छलफल आयोजना गरी पर्वको बेला मादक पदार्थ सेवन गरी हुलदंगा गर्नेलाई पक्राउ गरी सार्वजनिक हित विरुद्धको मुद्दा लगाउने प्रहरीले जनाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्ष  … Read more

दिपायल महोत्सव शुरू, नाैं किलोको मालाद्वारा मन्त्री भट्ट सम्मानित

दीपायल । चेम्बर अफ कमर्स डोटीले आयोजना गरेको प्रादेशिक महोत्सवको सुदूरपश्चिम प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री माया भट्टले उद्घाटन गरेकी छन् । ‘सेतीको हिरा खप्तडको मोती, ब्यापार कृषी पर्यटन र जलस्रोतबाट बनाउँछौँ समुन्नत डोटी’ भन्ने मुल नाराका साथ २७ गतेसम्म संचालन हुने महोत्सव दिपायलमा शुरू भएको हाे । उद्घाटन समारोहमा मन्त्री भटटलार्इ ९ किलोको  … Read more

शिवरात्री र होलीमा हुलदंगा गर्नेलाई प्रहरीले नछोड्ने (भिडियो सहित)

धनगढी । शिवरात्री र होलीमा हुलदंगा गर्नेलाई प्रहरीले नछोड्ने भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले शनिबार समुदायसंग शिवरात्री र होलीको सुरक्षा व्यवस्थान सम्बन्धी छलफल आयोजना गरी हुलदंगा गर्नेलाई पक्राउ गरी सार्वजनिक हित विरुद्धको मुद्दा लगाउने जनाएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिमिल्सिनाले शिवरात्रीमा भाँग र होलीमा मदिरा सेवन गरी हुलदंगा  … Read more