Category: बियानर-१


धनगढीमा भुवो खेलिने

धनगढी । बाजुरा सेवा समाजले विगतमा झै यसपटक पनि धनगढीमा भुवो खेल्ने भएको छ । समाजका अध्यक्ष सन्तोष थापा (छाया) का अनुसार पुस २५ गते पुरानो एयरपोर्टको चक्मेली बजारमा विहान ११ बजे भुवो खेल्ने कार्यक्रम रहेको छ । सुदूरपश्चिमका बाजुरा, अछाम, बझाङ लगायतका जिल्लामा धुमधामसँग मनाइने भूवा पर्व हरेक वर्ष पुस औंसीबाट शुरु हुन्छ ।  … Read more

खप्तड गोल्डकपको तयारी पुरा

धनगढी । सुदुरपश्चिमको धनगढीमा मंगलबारदेखि सुरु हुने तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको तयारी पूरा भएको छ । सोमबार खेलस्थल धनगढी रंगशालामा आयोजक सुदुरपश्चिम–११ स्पोर्ट्स क्लबले पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ । सम्मेलनमा बोल्दै आयोजक क्लबका अध्यक्ष सुरेश हमालले यस प्रतियोगिता आयोजक क्लबको मात्र नभएर  … Read more

डडेल्धुरा सदरमुकाममा भिषण आगलागी

डडेल्धुरा । डडेल्धुरा सदरमुकाममा फेरि आइतबार राति भिषण आगलागी भएको छ । जिल्ला सदमुकामको अमरगढी नगरपालिका ५ मुख्य बजार बागबजारको बगरकोटमा मध्यराति आगलागी हुदाँ नौ पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । गएरातिको आगलागी सहित ४ पटक भएको आगलागीले व्यापारी संसकीत भएको बेला आगो लगाएको आशंकामा एक जनालाई पक्राउ गरेको जिल्ला  … Read more

महिलामा मानसिक समस्या बढ्दै

धनगढी । कैलालीकी २४ वर्षीया सञ्जु विक (नाम परिवर्तन) का श्रीमान् पाँच वर्षदेखि वैदेशिक रोजगारमा छन् । उनका श्रीमान् धेरै पटक घर आएका छन् । तर पनि सञ्जुको मन उदास हुन थाल्यो । आत्मबल कमजोर हुनथाल्यो । “मैले मर्नेसम्म सोच बनाए” उनले भनिन्– “कसका लागि बा“च्ने ? किन बा“च्ने जस्तो लाग्न थाल्यो । त्यतिबेला मलाई  … Read more

रुस्लान डिपिएल–३ : खेलाडीहरूको अक्सन सकियो

धनगढी । आउदो महिना धनगढीमा आयोजना हुने धनगढी प्रिमियर लिग (डिपिएल) को शनिबार काठमाडौंमा अक्सन भएको छ । अक्सनमा एक सय ८६ जना खेलाडी सहभागी भएका थिए । डिपिएल–३ मा भाग लिने टिमले ११ जनाका दरले खेलाडी लिएका छन् । अक्सनमा सहभागी भएका मध्ये ७२ जना क्रिकेटरलाई विभिन्न टिमले किनेका छन् । त्यस्तै, ट्यालेन्ट हन्टबाट  … Read more

सुदूरपश्चिम महोत्सवमा उल्टो झण्डा

धनगढी । धनगढीको भन्साररोडमा यस क्षेत्रको पर्यटन, कृषि तथा कला संस्कृतिको संरक्षण गर्न उद्देश्यले शुक्रबारदेखि सुरु भएको ‘सुन्दर सुदूरपश्चिम महोत्सव’ मा नेपाली झण्डा उल्टो लगाएको भेटिएको छ । महोत्सवको मुख्यमञ्चमा नेपाली झण्डाहरू उल्टो लगाइएको भेटिएको हो । झण्डामा चन्द्रमा माथि र सूर्य तल हुनुपर्नेमा ठिक उल्टो पर्ने गरेर झण्डाहरू लगाइएको छ । अधिकांश झण्डाहरू सुल्टा  … Read more

स्वास्थ्य सेवाको क्षेत्रमा समस्या नै समस्या

धनगढी । राज्यको पुनर्संरचना भएसँगै सुदूरपश्चिम प्रदेशको स्वास्थ्य क्षेत्रमा समस्या बढ्न थालेका छन् । स्वास्थ्य क्षेत्रको संरचनामा समेत परिवर्तन भएपछि स्वास्थ्य सेवा प्रवाह समेत प्रभावित हुन थालेको छ । स्वास्थ्य सेवा क्षेत्रको समग्र सूचकांक खस्किन थालेका छन् । अस्पताल र स्वास्थ्यकर्मी व्यवस्थापनमा समस्या बृद्धि भएको छ । पछिल्लो तथ्यांक अनुसार स्वास्थ्यकर्मीहरूको सरुवा र अस्पताल व्यवस्थापनमा  … Read more

फूलवारीमा सशस्त्र प्रहरीको विओपी स्थापना

धनगढी । धनगढी उपमहानगरपालिका, फूलवारीमा सशस्त्र प्रहरी बलको विओपी स्थापना गरिएको छ । विओपीको शुक्रबार एक कार्यक्रमबीच धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड र सशस्त्र प्रहरी बलका सुदूरपश्चिम प्रदेश प्रमुख नागेन्द्र थापाले संयुक्त रूपमा उद्घाटन गरे ।सो अवसरमा नगर प्रमुख वडले विओपी स्थापनापछि सीमामा हुने अवैध चोरी निकासी तथा सीमापार अपराधिक गतिविधिमा नियन्त्रण गर्न सहयोग पुग्ने  … Read more

सुदूरपश्चिम खप्तड गोल्डकपको खेल तालिका सार्वजनिक

धनगढी । आगामी मंगलबारदेखि शुरु हुने तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकप फुटवल प्रतियोगिताको शुक्रबार खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगिता आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लवले शुक्रबार धनगढीमा गोल्डकपको खेल तालिका सार्वजनिक गरेको छ । प्रतियोगिता आगामी माघ माघ ५ गतेसम्म सञ्चालन हुने जनाइएको छ । खेल तालिका अनुसार प्रतियोगितामा सहभागी १२ टीमलाई  … Read more

मुख्यमन्त्रीद्वारा स्थानीय तहको सीमा विवादबारे चासो

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलालीका स्थानीय तहहरूबीचको सीमा विवादबारे चासो देखाएका छन् । मुख्यमन्त्री भट्टले बिहीबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा स्थानीय तहका प्रमुखहरूसँग जिल्लाका स्थानीय तहहरूसँग सीमा विवादबारे छलफल गरेका हुन् । उनले स्थानीय तहहरूबीचको सीमा विवाद छलफलबाट टुंग्याउन पहल गर्ने बताए । मुख्यमन्त्री भट्टले सीमाबारे विवादमा रहेका स्थानीय तहका प्रमुखहरूलाई आपसी  … Read more