Category: बियानर-१


प्रथम मुख्यमन्त्री कप को तयारी पुरा

धनगढी । फागुन २९ गते शुरु हुने प्रथम मुख्य मन्त्रीकपको तयारी पुरा भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा हुन गइरहेको अन्तर प्रदेश खेलकूद प्रतियोगिता अन्तरगत खेलाइने खेलहरुको लागि पूर्वाधार निर्माण, अतिथि सत्कार लगायतको सम्पूर्ण तयारी पुरा भएको हो । प्रतियोगितामा ७ वटै प्रदेशका खेलाडीहरुको सहभागिता रहने छ । प्रतियोगितामा क्रिकेट, भलिबल, फुटबल र ब्याटमिन्टन  … Read more

राजकाँडा केवलकार निर्माणका लागि अध्ययन गरिदै

धनगढी । कैलालीको मुख्य पर्यटकीय स्थलका रुपमा विकास हुदै गएको कर्णाली चिसापानी र राजकाँडा जोड्ने केवलकार निर्माणका लागि अध्ययन शुरु भएको छ । प्राकृतिक रुपमा निकै सुन्दर राजकाँडा सूर्याेदय अवलोकनका लागि पनि प्रशिद्ध छ । सडक यातायात नपुगेको तथा पैदल मार्ग पनि निकै कठिन भएका कारण राजकाँडा भ्रमणमा पर्यटकको संख्या बृद्धि हुनसकेको छैन । राजकाँडामा पर्यटन  … Read more

सहिद गौतमको सालिक बनाउने मन्त्री सुवेदीकाे उद्घाेष

धनगढी । कञ्चनपुरको नेपाल–भारत सीमाको पुनर्वासमा भारतीय सशस्त्र प्रहरी बलको गोली लागी निधन भएका गोविन्द गौतमको सम्झनामा प्रदेश सरकारले सालिक निर्माण गर्ने भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–४ मा पर्ने आनन्द बजार नजिक सहिद गौतमको सालिक बनाइने सुदूरपश्चिम सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए । पुनर्वास नगरपालिकाले आयोजना गरेको तेस्रो गौतम स्मृति दिवसमा कुरा बताएका  … Read more

लक्ष्मण थारु उच्च अदालत जाने

धनगढी । कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गरी तीन वर्ष कैद भुक्तान गरेका थरुहट नेता लक्ष्मण थारु उच्च अदालत जाने भएका छन् । राष्ट्रिय जनता पार्टी (राजपा) का नेता थारुले धनगढीमा पत्रकार सम्मेलन गरी अदालतको फैसलाले आफू अन्यायमा परेको भन्दै न्यायका लागि उच्च अदालत जाने बताएका हुन् । केन्द्रीय कारागार सदरखोरबाट जेलमुक्त भई  … Read more

सरकार र सिकेबीचको सम्झौता गम्भीरः थापा

धनगढी । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार र सिके राउतबीच भएको सम्झौताले गम्भिर आशंका पैदा गरेको बताएका छन् । अध्यक्ष थापाले शुक्रबार राउतले सरकारस“ग भएको सहमतिलाई सामाजिक सञ्जालमार्फत ‘मधेश अलग्गै राज्य हुने विषयमा जनमत संग्रह हुने’ कुरा लेखेकाले झनै शंका उब्जाएको बताए । ‘सम्झौताको भाषा विवादास्पद छ । एक्कासी रहस्यमय ढंगबाट भएको सम्झौता डरलाग्दो  … Read more

विप्लव समुहले देशलाई द्वन्दमा लैजान्छ: सांसद् थापा

धनगढी । सुदरपश्चिम प्रदेश सांसद देबकी मल्ल थापाले विप्लव समुहले देशलाई द्वन्दमा लैजाने खतरा बढेको बताएकी छन् । शुक्रबार नेत्र विक्रम चन्द विप्लवको अपहरणमा परेकी मल्लले शनिबार पत्रकार सम्मेलन गरेर यस्तो बताएकी हुन् । नेकपा बझाङको पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रदेश सांसद मल्लले अहिलेको नेपाली जनताको ६ दशक शसस्त्र र शान्तिपुर्ण आन्दोलनको बलबाट संघिय लोकतान्त्रिक  … Read more

खाद्य संस्थानको गाेदाममा निजी अस्पताल

धनगढी । नेपाल खाद्य संस्थानको सेती अञ्चल कार्यालयको जग्गामा निजी अस्पताल सञ्चालनमा आउन थालेका छन् । सुदूरपश्चिम प्रदेशको बाजुरा, बैतडी, अछाम, बझाङ लगायतका सात पहाडी जिल्लाका लागि खाद्य संस्थानका चामल भण्डारण गोदाम भाडामा दिइएको छ । धनगढीमा रहेको खाद्य संस्थानको गोदाम मासिक ६५ हजार रुपैयाँमा सारथी अस्पताल प्रालिलाई भाडामा दिएको जनाइएको छ । वेदप्रकाश जोशीसहित पाँच  … Read more

निर्मला हत्याकाण्डः गाली बेज्जईती तथा अपमानको मुद्दा दर्ता

धनगढी । कञ्चनपुरकी निर्मला पन्त हत्या प्रकरणमा गाली बेज्जईती तथा अपमानको मुद्दा पनि दर्ता भएको छ । कञ्चनपुर जिल्ला अदालतमा पत्रकार खेम भण्डारीसहित तीन जनाविरुद्ध गाली बेज्जईती विरुद्धको मुद्दा दर्ता भएको जनाइएको छ । निर्मलाको बलात्कारपछिको हत्या प्रकरणमा मुछिएका बम दिदिबहिनीले तीन जनाविरुद्ध मुद्दा दायर गरेको बताइएको छ । निर्मलाकी साथी समेत रहेका रोशनी बमकी दिदी  … Read more

सैनिकको हत्या भएको आरोप

धनगढी । कञ्चनपुरको २५ नम्बर बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान वीरबहादुर खड्काको हत्या भएको उनका परिवारले आरोप लगाएका छन् । नेपाली सेनाले वीरबहादुरले आत्महत्या गरेको दाबी गरेको छ । मृतकका परिवारले शुक्रवार धनगढीमा पत्रकार सम्मेलन गरी घट्नाको प्रकृति हेर्दा उनको हत्या नै भएको आरोप लगाए । ‘घटनास्थलको तस्बिर हेर्दा बिना पोशाक र चप्पलमा कसरी  … Read more

सबैको भाषा र संस्कृतिको सम्मान आवश्यकः मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सबैको संस्कृति र भाषाको सम्मान आवश्यक रहेको बताएका छन् । ‘नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक हो’ शुक्रबार धनगढीमा नेवाः दय दवूले आयोजना गरेको बृहत सांस्कृतिक प्रदर्शनी, अन्तक्र्रिया तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले भने– सबैको धर्म, भाषा, संस्कृतिको सम्मान र संरक्षण गर्न आवश्यक छ । यसले नै सामाजिक सद्भाव  … Read more