Category: बियानर-१


इमान्दारपूर्वक काम गर्न निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सरकारको नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन कर्मचारीहरुसंग आग्रह गरेका छन् । ‘मन्त्रालयलाई जिम्मेवारी प्राप्त भएका कामकारबाही निष्पक्ष, ईमान्दारितापुर्वक तिव्र गतिमा कार्यान्वयन गर्नुहोस्’ बुधबार धनगढीमा मन्त्रालयले आयोजना गरेको आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट तथा कार्यक्रम (शिक्षा क्षेत्र) सम्बन्धी दुई दिने अभिमुखीकरण गोष्ठीको उद्घाटन  … Read more

निष्ट एलपीएल क्रिकेट : कैलाली मोडेल र एबीसी विजयी

धनगढी । धनगढीमा जारी निष्ट लिटिल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा धनगढीको कैलाली मोडल स्कुल तथा नेपालगञ्जको एबीसी स्कुल विजयी भएका छन् । बुधबारको पहिलो खेलमा कैलाली मोडेलले विज्डम एकेडेमी कञ्चनपुरलाई छ विकेटले पराजित गर्‍यो । बुधबार नै भएको अर्को खेलमा नेपालगञ्जको एबीसी स्कुलले काठमाडौंको मोक्छदा स्कुललाई सात रनले हरायो ।  … Read more

न्यायको अनुभूति गर्ने वातावरण आवश्यक– रावल

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले सर्वसाधारणले न्यायको अनुभूति पाए मात्रै जनताले कानून व्यवसायीमाथि विश्वास गर्ने बताएका छन् । नेपाल कानून व्यवसायी संगठनद्वारा मंगलबार धनगढीमा आयोजित प्रदेश स्तरीय भेलामा नेता रावलले अहिले पनि जनताले न्याय माग्दा विभिन्न बाधा अवरोध अड्चन बेहोर्नु परिरहेको चर्चा गरे ।  … Read more

निवर्तमान मन्त्रीले गरे नवनियुक्त मन्त्रीको स्वागत, मन्त्री सुवेदीद्वारा पदभार ग्रहण

धनगढी । सुदूरपश्चिम प्रदेशका निवर्तमान सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले नवनियुक्त सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीलाई मन्त्रालयमा स्वागत गर्नुका साथै कार्यकालको सफलताका लागि शुभकामना दिएका छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार मन्त्री सोडारीलाई पदमुक्त गरी प्रदेश सभा सदस्य सुवेदीलाई मन्त्री नियुक्त गरेका थिए । मन्त्री पदको सपथ ग्रहणपछि पदभार ग्रहण गर्न मन्त्रालय पुगेका  … Read more

अफ्ठेरोमा स्वास्थ्य संस्थाहरू

धनगढी । बाजुराको बुढीनन्दामा रहेको पण्डुसैन स्वास्थ्य चौकीमा सिटामोल र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा इम्पलान्ट छैन् । देश संघीय संरचनामा प्रवेश गरेसंगै सुदूरपश्चिम प्रदेशका अधिकांस जिल्लामा रहेका प्राथमिक स्वास्थ्य, स्वास्थ्य चौकीमा नियमित औषधि पाउन कठिन भइरहेको जनाईएको छ । केही दिन अघि धनगढीमा भएको प्रदेश स्तरिय स्वास्थ्य समीक्षा कार्यक्रममा प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज  … Read more

निर्मला हत्या घटना : आफन्तले शुरु गरे अनिश्चितकालीन धर्ना

कञ्चनपुर । छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै निर्मला पन्तका आमा बुवाले सुरु गरेको अनिश्चितकालिन धर्ना सोमबार पनि जारी छ । काठमाडौंमा प्रधानमन्त्री तथा गृहमन्त्रीसँग समेत भेटी छोरीको हत्यारा पत्ता लगाइदिन माग गर्दा समेत अपराधि पत्ता नलगाइएपछि निर्मलाका बुबाआमाले आइतबारदेखि अनिश्चितकालिन धर्ना सुरु गरेका हुन् । उनीहरु जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्नामा बसेका छन्  … Read more

भोलिदेखि लिटिलफ्लावर प्रिमियर लीग शुरु हुँदै

धनगढी । भोलि (मंगलबार) देखि धनगढीमा निष्ट कलेज लिटिलफ्लावर प्रिमियर लीग (एलपीएल) शुरु हुँदैछ । आज लीगको पूर्वसन्ध्यामा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको आयोजक संस्कार क्रिकेट एकेडेमीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिइयो । आयोजक संस्थाका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगितामा सहभागी हुने टिमहरू धनगढी आइपुग्ने क्रम जारी रहेको बताए । उनका अनुसार प्रतियोगितामा कैलालीका छ,  … Read more

निर्मला हत्याकाण्ड : पीडित परिवारले शुरु गरे, अनिश्चितकालीन धर्ना

धनगढी । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न दबाव दिँदै आइतबारदेखि पीडित परिवारले अनिश्चितकालीन धर्ना दिन सुरु गरेका छन् । निर्मलाका बुवा यज्ञराज, आमा दुर्गालगायत परिवारका सदस्यहरूले न्यायका लागि सरकारलाई दवाव दिन महेन्द्रनगरस्थित जिल्ला प्रशासन कार्यालयको मूलगेटमा धर्ना दिन सुरु गरेका हुन् । सरकारलाई न्याय दिन बाध्य पार्न थप दवाव दिन  … Read more

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्रीको गाडी दुर्घटना

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्दै आएको बा२झ ३१२५ नं को स्कारपियो जिप शुक्रबार राति कैलालीमा दुर्घटना भएको छ । जिपका चालकसहित तीन जना घाइते भएको कैलाली प्रहरीले जानकारी दिएको छ । जिपमा मन्त्री सोडारी सवार नरहेको अवस्थामा भएको दुर्घटनामा परी जिपका चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता  … Read more

राधा भन्छिनः पटक–पटक बोक्सी आरोप लगाउँथे कालिराम

कैलाली । बुधबार सबैको घरमा लक्ष्मीको पुजा चलिरहेको थियो । बोक्सीको आरोपमा कुटपिटमा परेकी घोडाघोडी नगरपालिका वडा नम्बर ५ देउकलिया बस्ने राधा चौधरी पनि घरमा लक्ष्मीको स्वागत गर्ने तयारीमा थिइन । घरकै आगनमा बसेकी राधाको घरमा छिमेकी कालिराम चौधरी पुगे । ‘त वोक्सी होस्, तेरै कारणले भोले वावा जेलमा छ । तैले जालझेल गर्छेस् लगायतका  … Read more